AnonymousUser

Logout

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायत व्यवस्थापन गरिएको छ।

२ दिने भ्रमणका लागि कतारका राजा नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

कतारी राजा फिलिपिन्स र बांग्लादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने कार्यक्रम रहेको छ।

नेपालको बाह्य सम्बन्ध १८२ देशमा विस्तार

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा शनिबार बिहान नेपाल र टोंगाका स्थायी प्रतिनिधिले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्ताबेजमा हस्ताक्षर गरेका छन्।

परराष्ट्रमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशंकरबीच शुक्रबार साँझ भेटवार्ता भएको हो। 

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले  सम्झौतामा हस्ताक्षर गरेका छन्।

विज्ञ भन्छन्– नेपालले आफ्नो हितलाई प्राथमिकतामा राख्नुपर्छ

विश्व ध्रुवीकरण, नेपालको भूराजनीतिक अवस्थिति र राष्ट्रिय सुरक्षाबीचको अन्योन्याश्रित सम्बन्धको सन्दर्भमा नेपालले आफ्नो हितलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञको सुझाव छ। 

साना हतियारको अवैध व्यापार रोकिनुपर्छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्र नीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने पनि दोहोर्‍याएका छन्।   

हिमालको आवाजलाई समर्थन गर्न आह्वान गरेँ: प्रधानमन्त्री

असंलग्न आन्दोलनका सिद्धान्त र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धमा मृत्यु भएका नेपालीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग आग्रह गरेका छन्।

विद्युत् व्यापार सम्झौताको अन्तर्यः नेपालको पानीमा भारतीय नियन्त्रणलाई स्वागत

विद्युत् व्यापारका नाममा नेपालको पानी आफ्नो नियन्त्रणमा राख्ने भारतीय रणनीतिलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सजिलो बनाइदिएको टिप्पणी भइरहेको छ। 

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति पौडेलले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशंकरसँग आग्रह गरे। 

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँमा, परराष्ट्रमन्त्रीले गरे स्वागत

विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपालबाट भारतमा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी छ। 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराएरै छाड्छु: प्रधानमन्त्री

प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाका दृष्टिले निकै महत्त्वपूर्ण र रचनात्मक रहेको प्रधानमन्त्री दाहालले बताएका छन्। 

१०० वर्षअघि नेपाल र बेलायतबीच त्यो सन्धि नभएको भए...

नेपाल राष्ट्रको अविछिन्न स्वाधीन र स्वतन्त्र पहिचान विश्वमाझ पुर्‍याउन मात्र होइन, यसलाई जोगाइराख्न १०० वर्षअघि गरिएको एउटा सन्धिको प्रमुख भूमिका थियो।

पिथौरागढमा नेपाल–भारत संयुक्त सैन्य अभ्यास

संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाको तारा दल गणका ३५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका ३५४ जना सहभागी छन्।

प्रधानमन्त्री र सीपीसीका तिब्बत सचिव वाङबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको सहकार्य र आपसी हितबारे छलफल भएको छ। 

चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सचिव नेपाल आउँदै

प्रधानमन्त्री दाहालको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे वाङसँग छलफल हुने बताइएको छ।

नेपालको संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेको छ: राष्ट्रियसभा अध्यक्ष

राष्ट्रिय योजना आयोगका अतिरिक्त प्रदेशमा प्रदेश नीति तथा योजना आयोग स्थापना गरी केन्द्रीय तथा प्रादेशिक योजनाहरू दिगो विकास लक्ष्यसँग तादात्म्य सुनिश्चित गरिएको अध्यक्ष तिमिल्सिनाले जनाएका छन्।

इजरायलबाट थप १९ जना नेपालीको उद्धार, दिल्ली हुँदै नेपाल आउने

हमासको आक्रमणपछि स्वदेश फर्किन अनलाइन आवेदन दिएका १९ जनालाई भारतीय विमानमार्फत दिल्ली हुँदै नेपाल ल्याउन प्रबन्ध मिलाइएको छ।

अर्थमन्त्री महत र कोरियन समकक्षीबीच भेटवार्ता, नेपालमा लगानी गर्न आग्रह

भेटवार्ताका क्रममा अर्थमन्त्री महतले नेपाल वायु सेवा निगमलाई  कोरियामा सिधा उडान अनुमति दिन पनि माग गरेका छन्।