AnonymousUser

Logout

उदयपुरको त्रियुगा क्षेत्रमा बढे भाइरल ज्वरोका बिरामी

बिरामीको संख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। ५० शय्या क्षमताको अस्पतालमा दैनिक ३०० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन्। 

भदौभित्र बर्न वार्ड सञ्चालनको तयारीमा वीर अस्पताल

वीर अस्पतालले सामग्री खरिद र जनशक्ति व्यवस्थापनको प्रक्रिया सकिएसँगै आउँदो भदौभित्रै बर्न वार्ड पुनः सञ्चालनमा आउने तयारी गरेको छ।

कैलालीमा १ हजारभन्दा बढीमा डेंगीको संक्रमण, सतर्कता अपनाउन आग्रह

कैलालीमा गत वर्ष डेंगीबाट तीन जनाको मृत्यु भएको थियो। कैलाली डेंगीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ।

डेंगी संक्रमणले यसपालि झन् ठूलो रूप लिनसक्ने अनुमान, नियन्त्रणको लागि तयारी अवस्थामा छौँः मन्त्रालय

वर्षात‍्को मात्रासँगै यस वर्ष डेंगी रोगको संक्रमण पनि बढ्न सक्ने अनुमानसहित नियन्त्रणका लागि  सम्भावित  सबै उपाय तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्ने तयारीसमेत गरेको छ।

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने

अस्पतालले तोकिएको दरमा बहिरंग, अन्तरंग र आकस्मिक सेवा उपलब्ध गराउने र सोहीअनुसार बोर्डले भुक्तानी मिलाउने सम्झौतामा उल्लेख छ। 

सुदूरपश्चिममा बढ्दै डेंगी संक्रमित, पहाडी जिल्ला पनि प्रभावित

तराईका जिल्लामा बढी देखिने मलेरिया, डेंगीलगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।

७१ जिल्लामा फैलियो डेंगी संक्रमण

गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको मन्त्रालयले जनाएको छ।

अत्यधिक गर्मीसँगै बाँकेमा बढे छालाका बिरामी

बढ्दो गर्मीसँगै शरीर चिलाउने, लुतो, दाग, छालामा संक्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल, नेपालगन्जले जनाएको छ।

तराईमा अत्यधिक गर्मीका कारण खोप अभियान प्रभावित

सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ। अभियान जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। 

काठमाडौँ महानगरमा असहायको उपचारका लागि ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित

२०८० फागुनबाट शुरू गरिएको उक्त सेवाबाट अहिलेसम्म ७० बिरामी लाभान्वित भइसकेका छन्। यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा उपत्यका बाहिरका नागरिक बढी रहेका छन्।

सहकारीको रकम हिनमिनाको आरोपमा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा

छिपछिपे सहकारी संस्थाको रकम हिनामिनाको अभियोगमा राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले आउँदो शैक्षिकसत्रदेखि चिकित्सा शिक्षा अध्यापन गराउने गरी तयारी थालिएको बताए।

शल्यक्रियाका लागि महिनौँ कुर्नुपरेको गुनासोबारे अध्ययन गर्न समिति गठन

स्वास्थ्यमन्त्री प्रदीप यादवले अस्पतालमा शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने, उपचारमा ढिलाइ भएको गुनासा बढ्दै गएपछि गहन अध्ययन गरेर समाधानका उपाय पहिल्याउन समिति गठन गरिएको बताए।

त्रिवि अस्पताल परिसरमा सञ्चालित २ फार्मेसीमा तालाबन्दी

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको कम्पाउन्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ।

बाँकेमा गर्मीले पोलियोविरुद्धको खोप अभियान प्रभावित

बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आईपीभी खोप अभियान प्रभावित भएको जानकारी दिए।

झन्डै २ लाखमा परीक्षण गर्दा १ हजार ५ सय भन्दा बढीमा एचआईभी संक्रमण

नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय भन्दा धेरैमा एचआईभी एड्स संक्रमण रहेको पाइएको छ।

मनोविशेषज्ञको व्यवहारले बिरामीमा तनाव बढाउँदै त छैन?  

मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्ति उपचारका लागि मनोचिकित्सक या मनोवैज्ञानिक परामर्शदाताकहाँ पुग्छन्। तर त्यस्ता कतिपय विशेषज्ञको अव्यावसायिक अभ्यास र गलत व्यवहारले बिरामीलाई थप पीडा दिइरहेको छ।

कोरोनाको ‘केपी–१ र केपी–२’ भेरिएन्ट कति खतरनाक? 

धेरैजसो व्यक्तिमा हल्का लक्षण मात्र देखिएको र उनीहरू सजिलै निको हुँदै गएको पनि चिकित्सकले बताएका छन्। सिंगापुर यस नयाँ संस्करणबाट सबैभन्दा प्रभावित देशमध्ये एक हो।

नेपालमा ओमिक्रोनको नयाँ सबभेरियन्ट पुष्टि

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमित ४२ जनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।