उपचार नगरेका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासका माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ।
शल्यक्रियाका क्रममा डाक्टरले मेडिकल सामग्री बिरामीको शरीरभित्रै छाडेका घटना पनि बेलोबला सुनिन्छन्। बिरामीको स्वास्थ्यसँग डाक्टरले गरेका लापरबाहीका उदाहरण विश्वमा धेरै छन्।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामी कुनै पनि खाद्य पदार्थ खानयोग्य छ/छैन भनेर उपभोक्ताले खानुअघि ‘लेबल’ हेर्नुपर्ने बताउँछन्।
औषधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाइएका औषधि बजारमा रहेका भए तुरुन्तै फिर्ता लैजान पनि कम्पनीलाई निर्देशन दिइएको छ।
टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन्।
अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको छ।
वैद्यखानामा पछिल्ला पाँच वर्षमा ११ जना कार्यकारी निर्देशन फेरिएका छन्। स्वास्थ्य मन्त्रालयले आफ्नो अनुकूल कार्यकारी निर्देशक फेरबदल गर्ने गर्दा संस्था नै संकटतर्फ धकेलिएको छ।
अनुगमनका क्रममा अत्यावश्यक औषधि फार्मेसीमा नभएको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको छ।
तीन वर्षअघि आगोमा परेर शरीरको दाहिने भाग जलेको थियो। जलनको घाउ निको हुँदै गर्दा ज्यानको खत हेरेर समाजले अनेक लाञ्छना लगायो। त्यसबाट झन् बढी जलेको मन बिस्तारै बलियो हुँदैछ।
भौगोलिक कठिनाइ, मौसमी बसाइँसराइ, खोप नलगाउने राउटे समुदाय लगायतका कारण पूर्ण खोपका लागि कर्णालीमा चुनौती खेप्नु परेको स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए।
डा. भण्डारीले नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको टिमले मात्र गरेको दोस्रो सफल प्रत्यारोपणले अब शिक्षण अस्पतालमा प्रत्यारोपण नियमित अघि बढ्छ भन्ने आधार तयार भएको रूपमा लिनुपर्ने बताए।
जन्मजात श्रवण क्षमता नभएका बालबालिका र कुनै रोग वा दुर्घटनाका कारण नसुन्ने भएका मानिसले चिकित्सकसँग सल्लाह गरेर समयमै कक्लिअर इम्प्लान्ट गरेमा सुन्न सक्छन्।
सरकारले आइतबारदेखि चैत ७ गतेसम्म जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ जिल्लामा दादुरा–रुवेलाविरुद्ध खोप अभियान सञ्चालन गर्दै छ।
महानिरीक्षक अर्यालले एपीएफ अस्पतालमा कार्यरत कर्मचारीलाई सिप र प्रविधिको नवीनतम विकासलाई आत्मसात् गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध भई लाग्न निर्देशन दिएका छन्।
चितवनको भरतपुर अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या २० प्रतिशतले बढेको छ। अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. प्रमोद पौडेलले मौसम परिवर्तन भएसँगै इन्फ्लुएन्जाका बिरामीको संख्या बढेको बताए।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताएका छन्।
एनआईसीयूमा ६ दिन उपचार गर्दा औसतमा प्रतिबिरामी १८ हजार ४९० खर्च हुने र अपुग १० हजार ४९० रुपैयाँ अस्पतालले नै बेहोर्दै आएको अध्ययनले देखाएको छ।
पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथा मुखजन्य क्यान्सर र महिलामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर बढी देखिने गरेको छ।
क्यान्सरबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ।
हाल कोल्टी अस्पताल बाजुरामा कार्यरत डा. रञ्जितकुमार साहले धनुषा अस्पतालको इमर्जेन्सी टिकट प्रयोग गरेर बनाएको फर्जी रिपोर्ट एक महिलाले घरेलु हिंसाको प्रमाण भन्दै भारतको सितामढी अदालतमा पेश गरेकी हुन्।