भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट 'जेएन–१' फैलिरहको भए पनि नेपालमा आनुवांशिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको मन्त्रालयले जनाएको छ।
काठमाडौँका चार युवा मिलेर दुर्घटनामा परेका वा कुनै रोग लागेका व्यक्तिहरूलाई सहयोग जुटाउन उनीहरूका घाउ या रोगको अवस्थालाई कलात्मक ‘पेन्टिङ’मा उतारिरहेका छन्।
एक शताब्दीभन्दा लामो समयको वैज्ञानिक प्रयासहरूपछि यही वर्ष विश्वले अन्ततः मलेरियासँग लड्न सस्तो भ्याक्सिन पनि पाएको छ।
गुल्मी अस्पतालमा आईसीयु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ। अस्पतालमा गुल्मीका साथसाथै छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकसमेत सेवा लिन आउने गर्दछन्।
२०६९ सालयता डा. केसीले गर्दै आएको सत्याग्रहकै कारण चिकित्सा शिक्षामा शुल्कको दायरा निर्धारण र योग्य विद्यार्थीले सहुलियतपूर्वक एमबीबीएस पढ्न पाउने सुविधा सुनिश्चित भएको छ।
आहारविहारका अतिरिक्त विवाह ढिला गर्ने र आर्थिक रूपमा सक्षम भएपछि मात्र बच्चा जन्माउँछु भन्ने गर्नाले पछिल्लो समय धेरै दम्पती सन्तानविहीन बन्दै गएका चिकित्सकहरू बताउँछन्।
यसअघिका कोभिड महामारीमा प्रयोग गरिएको खोप प्रभावकारी भएकाले नयाँ भेरिएन्ट भित्रिए पनि तत्काल गम्भीर असर नपर्ने मन्त्रालयले जनाएको छ।
गलकोट नगरपालिकाले वर्षको दुई पटक नागरिकको घरमै पुग्ने, पहिलो पटक स्वास्थ्य परीक्षण गरी औषधी र ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्ड दिने र अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने योजना बनाएको छ।
वीरगन्जस्थित श्रीराम अस्पतालमा मिन्कुदेवीले शल्यक्रियामार्फत दुई छोरा र एक छोरीलाई जन्म दिएकी छन्।
अमेरिकाको ‘यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन–एफडीए’ले जीन सम्पादन गरेर सिकलसेल एनिमिया रोगको उपचार गर्न स्वीकृति दिएको हो।
सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको थियो।
कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी र औषधि व्यवस्था विभागको टोलीले अनुगमन गरेको थियो।
सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले महिला स्वयंसेविकाहरूले उठाएका माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए।
निःशुल्क आँखा शिविरमा आएकामध्ये ७३ जना बिरामीमा मोतियाबिन्दु पाइएको थियो। उनीहरूमध्ये ५५ जनाको शल्यक्रिया गरिसकिएको छ।
स्थानीय बासिन्दाको स्वास्थ्योपचारमा सहयोग पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एक्स–रे, इसीजी, अल्ट्रासाउन्ड लगायतका मेसिन सञ्चालनमा आउन सकेका छैनन्।
नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ।
तोकिएका आठ वटा कडा रोगको उपचार सहुलियत लिनका लागि वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने निर्देशिकामा उल्लेख छ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले एचपीभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरलाई बचाउने भएकाले देशभरिका किशोरीलाई एचपीभी खोप लगाउनका लागि खोप माग गरिएको जानकारी दिए।
चिनियाँ अधिकारीले भनेका छन्, “नयाँ रोगको लक्षण फेला परेको छैन। यो सामान्य फ्लु हो, जुन हरेक वर्ष यस मौसममा हुन्छ।”
सरकारले आधारभूत स्वास्थ्य अस्पताल बनाउने अभियान शुरू गरेको थियो तर तीन वर्ष बित्न लाग्दा कतिपय पालिकामा काम नै शुरू नहुनुले जनतामा निराशा छाएको छ।