स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने बताएका छन्।
विशिष्ट पदाधिकारीहरूले निजी चिकित्सक आफूखुशी राख्ने गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्। ‘भीभीआईपी’ले आफ्ना पार्टीनिकटका या व्यक्तिगत चिनजानका चिकित्सक रोजेर नियुक्त गर्ने चलन छ।
संसदीय समितिले स्वास्थ्यसेवालाई मर्यादित, सुरक्षित र भयरहित बनाई निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।
हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज विरुद्धको दिवस मनाउने गरिन्छ। रेबिज रोकथाम र यस रोगविरुद्ध भइरहेको प्रगतिको जागरूकता जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।
२०७४ सालदेखि शुरू भएको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण पूरा नहुँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ।
सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ। सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार ४३२ जना संक्रमित भएका छन्।
डाक्टरमाथि आक्रमणका घटना दिनप्रतिदिन बढेको भन्दै त्यो रोकिनुपर्ने मागका साथ शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरू बिरामीको उपचार गर्न छाडेर आन्दोलनमा होमिएका हुन्।
सोमबार दिउँसो १ बजेबाट शुरू तनाव राति १० बजे साम्य भए पनि मणिपाल अस्पतालको अवस्था सामान्य भइसकेको छैन। चिकित्सकले आक्रमणमा संलग्नलाई कारबाही गर्न र मृतकका आफन्तले मृत्युको कारण माग गरिरहेका छन्।
दमौली अस्पतालमा बिरामीको संख्या बढेपछि नगरपालिकाअन्तर्गतका एक डाक्टरसहित पाँच जना स्वास्थ्यकर्मीलाई पनि अस्पतालमा खटाउने गयारी गरिएको छ।
फार्मासिस्ट दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले फार्मासिस्ट भनेर नाम झुन्ड्याउने नपढेको मानिसले फार्मेसी चलाउने समस्या रहेको पनि बताए।
अल्जाइमर्स जसलाई बिर्सिने रोगका रूपमा बुझ्ने गरिन्छ। नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजार व्यक्ति पीडित छन्।
दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म बिहीबारदेखि आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीहरूको चेतावनी छ।
औषधि व्यवस्था विभागमा दर्ता भएका १३ प्रकारका प्रतिजैविक औषधि मौज्दात रहेका अवस्थामा भने ६ महिनासम्म मात्र विक्री वितरण गर्न दिइने महानिर्देशक ढकालले जानकारी दिए।
विगत ३८ दिनदेखि १४ सूत्रीय माग राखेर आन्दोलन गरिरहेको चिकित्सा शिक्षा सरोकार संघर्ष समिति, नेपालले स्वास्थ्यमन्त्री बस्नेतको आश्वासनपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता लिइएको जनाएको छ।
आईसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो। कोभिड महामारीका बेला करिब छ करोड रुपैयाँ खर्चिएर उपकरण खरिद गरिएको थियो।
बिरामीको उपचारका लागि आवश्यक पर्ने करिब १७ करोड रुपैयाँ बढीका स्वास्थ्य उपकरण भने अस्पतालका कोठामा थन्काइएको छ। जनशक्ति नहुँदा डेढ वर्षदेखि ती उपकरण प्रयोगमा आउन सकेका छैनन्।
स्थानीय सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै उनीहरूले राजीनामा दिएका हुन्।
विश्व स्वास्थ्य संगठनले पनि प्रमाणीकरण गरेको एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमणमा ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ।
जनकपुरको काव्या अस्पतालले विरामीको उपचार गर्नुअघि उपचार खर्च ‘जायजेथाबाट समेत असुलउपर गरिने’ वचनपत्रमा हस्ताक्षर गराइरहेको छ। तर नियामक निकाय चुपचाप छन्, प्रदेश सरकार ‘उजुरी नआएको’ भन्दै बसेको छ।
बिरामीको चापलाई ध्यानमा राखेर अस्पताल ७०० शय्याको बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिएको अस्पताललका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए।