AnonymousUser

Logout

डेंगुका बिरामी ४ हजार नाघे, सुनसरीमा मात्र २५ सय जनामा संक्रमण

डेंगु संक्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन्। ती १० जिल्लामा मात्र तीन हजार ६७१ बिरामी रहेका छन्।

सर्पले डसेका ८० प्रतिशत बिरामीले अस्पताल नपुग्दै ज्यान गुमाउँछन्

स्वास्थ्य सेवा विभागको पछिल्लो १० वर्षको तथ्यांकअनुसार वर्षको ७ हजार मानिसलाई सर्पले डसेको पाइन्छ। त्यसमध्ये विषालु सर्पको डसाइका घटना सरदर ८५० वटा छन् जसमा २०० को मृत्यु हुन्छ।

फार्मेसीले बेच्छन् औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरू पनि औषधि पसलहरूले बिक्रीका लागि राखेको भेटिएको बताए।

कोशीमा लम्पी स्किनबाट ५ हजार पशु मरे, २ लाख २५ हजार बिरामी

राँगाभैँसीभन्दा गाईगोरुमा लम्पी स्किनको समस्या बढी छ। मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन्। पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट बिरामी परेका छन्।

लम्पी स्किन: सुदूरपश्चिममा २६ हजार पशु चौपायाको मृत्यु, ६ लाख संक्रमित

तीन वर्षदेखि छिटपुट रूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ। सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार ५०० पशुचौपाया संक्रमित भएका छन्।

भदौ र असोजमा डेंगीको संक्रमण उच्च हुने, नियन्त्रणका लागि घरदैलो अभियान

वर्षायाम शुरू भएसँगै असारको अन्तिम सातादेखि डेंगी संक्रमण ह्वात्तै बढेको छ। यसको रोकथाम र नियन्त्रणका लागि जोखिम नक्सांकन तथा हट–स्पट पहिचान, जनचेतना अभियानलगायत कार्यक्रम गर्ने योजना छ।

देशभर २ हजार ९३० जनामा डेंगी संक्रमण, ८२ प्रतिशत संक्रमित १० जिल्लामा

महाशाखाका अनुसार असार २७ गते एक हजार ३३७ संक्रमण भएकोमा साउन १ गतेसम्म आइपुग्दा संख्या बढेर दुई हजार ९३० जनामा डेंगीको संक्रमण देखिएको छ।

नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग जारी रहन्छ: बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्स

राज्यमन्त्री क्वीन्सले नेपाली नर्सको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने धारणा राखेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

तितेपातीबाट बन्छ अकुपङ्चर थेरापीमा प्रयोग हुने मोक्जा (भिडियो कथा)

अकुपङ्चर विधिबाट उपचार गर्न प्रयोग गरिने मोक्जा तितेपातीबाट तयार हुन्छ। पूर्वी नेपाल र काठमाडौँ आसपासबाट संकलित तितेपातीबाट उत्पादन गरेको मोक्जा जापान निर्यातसमेत हुनथालेको छ।

बजेट नछुट्याउँदा कालीकोटको सरुवा रोग अस्पताल बन्द हुने अवस्थामा

प्रदेश सरकारले आगामी आवका लागि बजेट विनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।

हिमाली जिल्ला रसुवामा डेंगीका बिरामी

रसुवाको उत्तरतर्फ पर्ने हिमाली क्षेत्रमा डेंगीका एक बिरामी फेला परेका छन्। अहिले जिल्ला अस्पताल धुन्चेमा उनको उपचार भइरहेको छ।

कालिकोटको एउटै गाउँमा ३११ जना बिरामी

बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ। 

२८ प्रतिशतले गर्छन् आफूखुशी एन्टिमाइक्रोवियल औषधिको प्रयोग

अध्ययनका क्रममा ४० प्रतिशत औषधि पसल अनुमतिपत्र लिएर, ४८ प्रतिशत औषधि पसल अरूको नाममा सञ्चालन र चार प्रतिशत दर्ता नभएर सञ्चालन भएको पाइएको छ।

जनताको उपचार गर्ने राज्यको दायित्वबाट पन्छिँदैनौँ: स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत सरकार जस्तोसुकै अप्ठ्यारो परिस्थितिको सामना गरेर भए पनि नागरिकलाई स्वास्थ्य सेवा दिन तयार रहेको बताउँछन्।

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्न विभागको अनुरोध

विभागका महानिर्देशक ढकालले औषधिको गुणस्तरीयताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई गुणस्तर परीक्षण गराइ बिक्री वितरण गर्न अनुरोध गरेका हुन्। 

भर्ना भएको ११ दिनपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

गएको २ गते अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेस मेकर राखिएको छ। उनको अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताएका छन्।

मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानले १४४ कर्मचारी कटौती गर्ने

प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलव र भता वितरण गर्न नसक्ने भन्दै चालु आवमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ।

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल, ५० शय्याको बनाउन माग

२०५५ सालमा स्थापना भएको यस अस्पतालले प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरूका परिवार र भूपू प्रहरीलाई उपचार सेवा प्रदान गर्दै आएको छ। सर्वसाधारणमा पनि सेवा विस्तार गर्ने लक्ष्य रहेको छ।

राष्ट्रपति पौडेलको छातीमा राखियो पेसमेकर

राष्ट्रपति पौडेलको मुटुको चाल बेला बखत कम हुने देखिएकाले पेसमेकर राखिएको कार्यकारी निर्देशक प्रा.डा. पौडेलले बताएका छन्।

भ्रूणको लिंग पहिचान नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन 

राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैंगिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिंग छनोट अन्त्यका लागि यस्तो निर्देशन दिएको हो।