AnonymousUser

Logout

तलब माग्दै महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका चिकित्सक–कर्मचारी आन्दोलित, सेवा ठप्प

कोरोना महामारीयताको पारिश्रमिक माग्दै वसुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका चिकित्सक, नर्ससहित २७ जना कर्मचारी आन्दोलनमा उत्रिएपछि अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवा ठप्प छ।

विश्व शौचालय दिवस: ३ अर्ब मानिस सुरक्षित शौचालयको सुविधाबाट वञ्चित

दिगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय रहेको छ। तर, सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने लक्ष्यमा प्रगति भने सुस्त छ।

पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, किन आन्दोलित छन् चिकित्सक?

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको भन्दै सुरक्षाको माग राखेर पाटन अस्पतालका चिकित्सकहरू आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।

कोरोनाविरुद्धको ४० लाख डोज खोप खेर जाँदै

बुस्टर डोजका रूपमा प्रयोग गर्न नमिल्ने भएपछि अनुदानमा आएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोपको ४० लाख मात्रा खेर जाने भएको छ।

प्रतिस्पर्धा पन्छाएर स्वास्थ्य उपकरण खरिद गरिँदै, साढे ११ करोडमा आउने सामग्रीलाई ४८ करोड तिर्ने तयारी

स्वास्थ्य सेवा विभागले बोलपत्र आह्वान गरेका सामग्री साढे ११ करोडमै आउने व्यवसायीहरू बताउँछन्। तर बोलपत्रमा ती सामान किन्न राज्यकोषबाट तिर्ने गरी विभाग आफैँले तोकेको खरिद मूल्य जोड्दा ४८ करोड पुग्छ। 

तनहुँमा एकै दिनमा थपिए १८२ डेंगी संक्रमित

डेंगी संक्रमण बढेसँगै तनहुँका निजी क्लिनिक र अस्पतालमा दैनिक भिडभाड बढेको छ भने कतिपय बिरामी पोखरा र चितवनसम्म धाउन थालेका छन्। 

पेन्टर र सरसफाइकर्मीको रगतमा सिसाको मात्रा अधिक : स्वास्थ्य मन्त्रालय

आयुर्वेदिक औषधि भन्दै विक्री गरिने झोल औषधिमा पनि बढी मात्रामा सिसा पाइने गरेको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।

कार्यस्थलमा डिजिटल प्रविधिको प्रयोग: आँखामा पर्दै असर

कार्यस्थलमा कम्प्युटर, ल्यापटप र मोबाइलजस्ता डिजिटल उपकरणमा लगातार काम गर्नेहरूको आँखाको समस्या बढ्दै गएपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन्।

बेनी अस्पताल: बिदामा पनि बहिरंग सेवा,  हट्यो लाइन बस्नुपर्ने बाध्यता

बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक बिदाका दिनमामा बहिरंग सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई राहत मिलेको छ।

महिलाको फिस्टुला उपचारले फेरिएको कर्णाली

देवीदेवताको श्रापका कारण दिसापिसाब चुहिएको सामाजिक मान्यताले फिस्टुलाका बिरामी अपहेलित र तिरस्कृत हुन्थे। कतिपय बिरामीले मानसिक सन्तुलन नै गुमाउँथे। अहिले एउटा अस्पतालका कारण कर्णालीको कथा फेरिएको छ।

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री अस्पतालमा

प्रधानमन्त्री दाहालको स्वास्थ्य अवस्था सामान्य रहेको र मंगलबार नै निवास फर्किने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माको भनाइ छ।

स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यको सामूहिक राजीनामा

बोर्डमा ९ महिनादेखि अध्यक्ष नियुक्ति नगरेको अवस्थामा मन्त्रालयकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिँदा स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको उनीहरूको भनाइ छ। 

मनाङ एयरका पाइलट सेढाईंलाई थप उपचारका लागि भारत लगियो 

शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट सेढाईंको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको छ।

चितवनका अस्पतालमा बिरामीको चाप, स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अस्पताल आएका बिरामीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको बताएका छन्।

घरमा प्रयोग गरिने रङमा भेटियो अत्यधिक सिसा, उच्च जोखिममा मानव स्वास्थ्य

घरमा प्रयोग हुने इनामेल पेन्टमा सरकारले तोकेभन्दा २५४ गुणासम्म धेरै सिसा मिसाइएको पाइएको छ। सिसा शरीरमा पर्दा बालबालिकाको स्नायु प्रणालीका साथै वयस्कको मिर्गौला तथा प्रजनन् स्वास्थ्यमा असर पुग्छ।

स्वास्थ्यमन्त्री भन्छन्– तलब खुवाउन नसकेर वीरका कर्मचारी हटाएका हौँ

स्वास्थ्यमन्त्री बस्नेतले देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्थासमेत नभएपछि वीर अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई हटाउन बाध्य भएको बताए।

'भीआईपी' र 'भीभीआईपी'को पर्खाइमा दशकौँदेखि रित्तै छन् वीर अस्पतालका महँगा बेड

वीर अस्पतालले ‘अतिविशिष्ट’ र ‘विशिष्ट’हरूका लागि भनेर अलग्गै वार्ड छुट्ट्याएको चार दशक नाघिसक्यो। तर केही अपवाद बाहेकका उच्चपदस्थहरू उपचार लिन नगएपछि महँगा बेडको रेखदेखमै राज्यको लगानी खेर गइरहेको छ। 

विश्व मानसिक स्वास्थ्य दिवस: उपचारमा पहुँच बढाउने चुनौती

नेपालमा पछिल्लो समय मनोचिकित्सकको परामर्श लिने बिरामीको संख्या बढ्दो छ। मानसिक स्वास्थ्यमा ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ।

सरकारी अस्पतालमा बिरामी कुरुवालाई सधैँ सास्ती

काठमाडौँका अधिकांश सरकारी अस्पतालमा बिरामी कुरुवालाई बस्ने व्यवस्था छैन। वीर र पाटन अस्पतालले भएका कुरुवा घर पनि मासेका छन्। अस्पतालका प्यासेज, सिँढी वा खुला ठाउँमा बिरामी कुरुवा पल्टिरहेका भेटिन्छन्।

उपचारमा संकट बन्दै बिरामी–आफन्त र चिकित्सकबीचको द्वन्द्व, किन रमिते मेडिकल काउन्सिल?

उपचारका क्रममा आफन्त गुमाउनेहरू चिकित्सकमाथि जाइलाग्ने क्रम बढेको छ। यसबाट गम्भीर रोगका बिरामी अस्पताल पुगेर उपचार गर्न डराइरहेका छन् भने चिकित्सकले पनि त्यस्ता बिरामीको उपचारमा हात कमाउन थालेका छन्।