नेपाली चिकित्सकको टिमले नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको हो। ती पुरुषलाई उनकी श्रीमतीले कलेजो दिएकी थिइन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन्।
गत वर्ष गरिएको अध्ययनमा देशभर दुई हजार ५२२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेका थिए। त्यसमध्ये सबैभन्दा धेरै मधेशका ९४४ जना थिए।
नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसा विकास नभएको अवस्थामा एलएसभी गरिन्छ।
मुगुका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित छन्।
स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता हुँदा ३२ हजार पूर्तिका लागि पहल भइरहेको स्वास्थ्यमन्त्रीले बताएका छन्।
१५ शय्यासम्मका स्थानीय तहका अस्पतालहरूमा सरकारले एमबीबीएस डाक्टर पठाउन नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्ने जनाएको छ।
चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा कार्यरत रहेको बताउँदै उनले विभिन्न पोलिक्लिनकहरूलाई भ्रममा पारेर उपचार गर्दै आएका प्रहरीले जनाएको छ।
हालसम्म ५० भन्दा बढीको मेरुदण्डको सफल शल्यक्रिया गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गरी केक काटेर खुशीयाली मनाएको छ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो।
१५ शय्याको अस्पताललाई ५० शय्याको बनाइएको छ। तर, कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन। भएका पनि आधाभन्दा बढी रिक्त छन्।
भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रशासनिक प्रणालीको कमजोरीका कारण बिरामीले समयमा उपचार नपाउने, निजी अस्पताल र क्लिनिकमा जान बाध्य हुनेजस्ता गुनासा आउने गरेका छन्।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख विशेषज्ञसहित पाँच जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको बताए।
अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रूपमा सहभुक्तानी प्रणाली लागू गरिएको बोर्डले जनाएको छ।
अनुगमनमा कडाइ गर्दै निजी अस्पताल तथा मेडिकल कलेजसँग स्वास्थ्य बीमा कार्यक्रमका लागि समन्वय गर्ने स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी बताउँछन्।
सामान्य अवस्थामा दादुरा फैलिएमा मृत्युदर एक प्रतिशत रहने र विपद्का बेला फैलिएमा ३० प्रतिशतसम्म रहने भएकाले सरकारले खोप अभियान सञ्चालन गरेको हो।
कैलालीको गाैरीफन्टा नाका भएर भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको छ।
जनप्रतिनिधि आउनुपूर्व तमानखोलामा तीन स्वास्थ्य चौकी थिए। अहिले प्रत्येक वडा तथा बस्तीमा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर स्थापना भएर सेवा प्रवाह गरिरहेका छन्।
अनुदानमा प्राप्त ९१ भेन्टिलेटर, ४६ वटा पोर्टेबल भेन्टिलेटर, १३ सघन उपचार कक्ष (आईसीयू), ५७ वटा न्यूटल टु एडल्ट भेन्टिलेटर र ११ वटा एनेसथेसिया वर्कस्टेसन प्रयोग नै नभई थन्किएका छन्।