पुरातत्व विभागले तयार पारेको प्रतिवेदनमा टुकुचामाथि बनेको सुरुङ पुरातात्विक महत्त्वको भएको भन्दै यो खण्डित हुनुमा काठमाडौँ महानगर नै जिम्मेवार भएको उल्लेख छ।
नेपालमा २००७ सालपछि मूर्ति चोरी हुन थालेको इतिहासकारहरू बताउँछन्। २०४२ सालपछि चोरी भएका कतिपय मूर्ति फिर्ता आउन थाले पनि कसले चोरेको थियो र कसरी विदेश पुर्याइए भन्ने पत्ता लाग्दैन।
भूकम्पले क्षतिग्रस्त बनेकाे जय बागेश्वरी मन्दिरकाे पुनःनिर्माण सकिएकाे छ। १९९० सालकाे भूकम्पमा समेत क्षतिग्रस्त भएकाे याे मन्दिर त्यतिबेला पनि पुनःनिर्माण गरिएकाे थियाे।
रामायणकालीन जनश्रुतिसँग जोडिएको मटिहानीमा धार्मिक र सांस्कृतिक महत्त्वका कामले गति लिएका छन्।
२०६५ सालदेखि बन्द रहेको पूर्वी ढोका भक्तजनका लागि अब नियमित खोलिने छ।