म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा तत्कालीन थापा राजाका पालादेखि छेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ।
भूकम्पपछि जीर्ण बन्दै गएको श्रीमहल पुनः निर्माणका लागि २०७५ सालमा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बोलपत्रसमेत आह्वान गरेको थियो। तर, पछि प्राविधिक त्रुटि देखाउँदै हात झिकेको थियो।
लिच्छविकालको राजधानी मानिएको हाँडीगाउँ अहिले फेरिइसकेको छ। तर अझै लिच्छविकालीन सम्पदा र कतिपय अवशेष देख्न पाइन्छ। अब वडा कार्यालयले ती प्राचीन सम्पदा ब्युँताउने गरी बनाउँदै गरेको गुरुयोजना कस्तो छ?
पाटनको पतक्व टोलस्थित हरिशंकर मन्दिरसँगैको सत्तलमा ६ पुस्तादेखि कपाली परिवार बसिरहेको थियो। सत्तल जीर्ण बनेपछि उनीहरू डेरामा सरेर त्यहाँ घरायसी सामग्री मात्र राखिएको थियो।
पाटन दरबार क्षेत्रका मन्दिरहरूको माथिल्लो पेटीमा बस्न ललितपुर महानगरले लगाएको प्रतिबन्धको पक्ष र विपक्षमा बहस भइरहेको छ। स्थानीय बासिन्दा यसको समर्थनमा देखिएका छन् भने विज्ञहरूले प्रश्न उठाएका छन्।
करिब दुई करोड ६० लाख रुपैयाँमा दुई वर्ष पहिले निर्मित रामायण भवनको उचित संरक्षण हुनसकेको छैन। शिखरकटेरीको ५० रोपनी क्षेत्रलाई संरक्षण गर्न लगाइएको पर्खालसमेत भत्किएको छ।
पशुपति परिसर क्षेत्रमा भएका कतिपय घन्टीबाट रालो हराएको झण्डै एक दशक भइसकेको छ। तर फेरि रालो नराख्दा ती घन्टी आवाजविहीन भएका छन्।
डा. गोविन्द नेपालीले २०५५ सालमा क्याम्पस पढ्न थाल्दै कर्णाली सभ्यता चिनाउने सामग्री संकलन शुरू गरेका थिए। त्यसको २६ वर्षपछि स्थापित संग्रहालयमा कर्णाली क्षेत्रबाट लोप भइसकेका सामग्री पनि हेर्न पाइन्छ।
काठमाडौँको इतुंबहालमा संग्रहालय स्थापनाका नाममा अमेरिकास्थित ‘रुबिन म्युजियम’ले गरेको सहयोगले प्राचीन सम्पदामाथि हस्तक्षेप भएको भन्दै संस्कृति र सम्पदा संरक्षणका अभियन्ता नै विरोधमा उत्रिएका छन्, किन?
पोखरास्थित रत्नमन्दिर गएको जेठ १५ गतेबाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिए पनि दरबारभित्रका संरचना खुला नगरिएपछि त्यहाँ पुग्ने पर्यटकले असन्तुष्टि जनाउने गरेका छन्।
जर्मनीको बर्लिनबाट फर्काइएको मूर्ति काठमाडौँबाट २५ किलोमिटर दूरीमा पर्ने धुलिखेलको वः टोल पुग्न सकेको छैन। बर्लिनस्थित एक निजी संग्रहालयमा फेला परेको मूर्ति पाटन दरबार संग्रहालयमा राखिएको छ।
थांका चित्रका ग्राहक घट्नु भनेको व्यापारमा गिरावट आउनु र तत्कालको आयआर्जन खुम्चिनु मात्र होइन। यही निहुँमा धेरै कलाकारहरूले यो पेशा त्याग्दै गएकोमा ज्यादा चिन्तित छन् दिल।
लाखौँको कमाइ छोडेर भक्तपुर ठिमीका आईटी इन्जिनियर श्याम जात्रा कभर गर्न नेपालमण्डल डुलिरहन्छन्।
नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित ‘नेशनल ग्यालरी अफ अस्ट्रेलिया’ पुगेका थिए।
टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशीहरू प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालय प्रमुख गीता मिजारले बताइन्।
मूर्ति चोरीको आरोपमा प्रमाण नभेटेर प्रहरीले छाडे पनि सुनिलका बाबुछोरालाई आफ्नै समाजले कहिल्यै सफाइ दिएन। २८ वर्षसम्म असैह्य पीडाको 'पर्वत' बोकेर उभिइरहन अभिशप्त भए उनीहरू।
अभिलेखमा रहेको धर्मचक्र र अक्षर लिच्छविकालीन अभिलेखसँग मिल्ने लिपिविज्ञ श्यामसुन्दर राजवंशी बताउँछन्। तर, केही अक्षर थप अध्ययन नभएसम्म पुष्टि हुन नसक्ने उनको भनाइ छ।
सन् १९८० को दशकमा हराएको ‘सालभञ्जिका टुँडाल’ अस्ट्रेलियास्थित ‘आर्ट ग्यालरी अफ न्यु साउथ वेल्स’मा भेटिएको थियो।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ।
थापाहिटीमा डोरीले तान्न सक्ने र रथ मिलाउन नसकिने भएपछि क्रेनको सहायता लिएको मच्छिन्द्रनाथको रथ निर्माणका मुख्य नाइके दिलकुमार बाराही बताउँछन्।