AnonymousUser

Logout

शुरू भयो रातो मत्स्येन्द्रनाथको रथयात्रा (तस्वीरहरू)

वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरू भएको छ। पहिलो दिन ललितपुरको पुल्चोकबाट मत्स्येन्द्रनाथको रथलाई तानेर गाःबहाल पुर्‍याइएको छ।

पुरातात्त्विक वस्तु फर्काउन अमेरिकाको उदार नीति, किन छ सहज?

चोरिएर विश्वका विभिन्न देशमा पुर्‍याइका मूर्ति र कलावस्तुमध्ये ६३ प्रतिशत अमेरिकाबाट फिर्ता आएका छन्। बाँकी बेलायत, चीन, भारतलगायत देशबाट फर्काइएका छन्। अमेरिकाबाटै किन फर्किन्छन् धेरै कलावस्तु?

बिस्केट जात्राको अन्तिम दिन ढालियो हात नभएको लिंगो

आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अन्तिम दिन शुक्रबार भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिंगो ढालिएको छ।

यथास्थानमा भेटियो भक्तपुरबाट ४० वर्षअघि चोरिएको भनिएको उमा–महेश्वर मूर्ति

लस्ट आर्टस् अफ नेपालका अनुसार, यो सम्पदा अहिले चुपिङ–घाटको विपरीत दिशामा रहेको परदेशी भीमसेन मन्दिरको प्रवेश पर्खालमा जोडेर राखिएको छ।

चोरी गरी अमेरिका पुर्‍याइएका थप २१ कलावस्तु फिर्ता

पुरातात्त्विक महत्त्वका  २१ थान कलावस्तु अमेरिकाबाट नेपाल फिर्ता आएका छन्। फिर्ता भएका कुल १७७ थान कलावस्तुमध्ये अमेरिकाबाट मात्रै १०४ अर्थात् ५९ प्रतिशत फर्काइएका हुन्।

विष्णुमती नदी सरसफाइका क्रममा भटिएको मूर्ति स्थान यकिन गरी पुनर्स्थापना गरिने

विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए/नभएको यकिन गर्न पुरातत्त्व विभागले अध्ययन गर्ने भएको छ।

सभ्य बन्दै होली: देखिन छाडे अनुमतिबिना रङ दलिदिने र पानी खन्याइदिने दृश्य

काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ। फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन।

संरक्षणको पर्खाइमा राणाकालीन शालिक [तस्वीरहरू]

टुँडिखेलको चारै दिशामा निर्माण गरिएका राणाकालीन समय स्मरण गराउने शालिक संरक्षणविहीन भएका छन्। 

रोकिएको छैन मूर्ति चोरी, फेरिएन सुरक्षा शैली

पञ्चायतकालदेखि नै मूर्ति चोरीका घटनाले चर्चा पाउँथे। त्यति बेला हराएका मूर्ति फिर्ता आइरहँदा अन्य मूर्ति हराउने क्रम रोकिएको छैन। गत साता मात्र धर्मस्थलीबाट धातुका आठ थान प्राचीन मुकुण्डो हराएका छन्।

तीन वर्षमा पनि सम्पन्न भएन लमजुङ दरबार पुनर्निर्माण

बेँसीसहर नगरपालिका–३ स्थित लमजुङ दरबारको तीन वर्षअघि पुरातत्त्व विभागले पुनर्निर्माण थालेको थियो। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेट अभावले काम हुन नसकेको विभागले जनाएको छ।

हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

हलेसीको संरक्षण, प्रवर्द्धन, भौतिक तथा पर्यटन विकासलाई ध्यानमा राखेर गुरुयोजना निर्माण शुरू गरिएको छ। पुरातत्त्व विभागबाट आएका भूगर्भविद्को टोलीले सर्वेक्षण गरिसकेका छन्।

तौलाछेँ टोलबाट चोरिएको तारामूर्ति न्यूयोर्क लिलामीगृहमा

भक्तपुरको तौलाछेँ टोलस्थित एक हिटीबाट ४२ वर्षअघि चोरिएको पूर्ण कदको तारामूर्ति अमेरिकाको न्युयोर्कस्थित लिलामीगृहमा फेला परेको छ।

खोकनामा लोप हुँदै मौलिक घर

खोकनाका स्थानीय ७८ वर्षीय मदनकृष्ण डंगोलको नेवा शैलीको मौलिक घर जीर्ण अवस्थामा छ, जुन नेपालको पहिलो बिजुली बत्ती बलेको घरका रूपमा चिनिन्छ। 

मुस्ताङी राजाको किल्ला भग्नावशेषमा परिणत

किल्लामा पहिले राजा ठोकरचेनले शासन चलाउने गरेको मुस्ताङ जिल्लाको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ।

छाउनीस्थित राष्ट्रिय संग्रहालयको ऐतिहासिक ग्यालरी ९ वर्षपछि पुनः सञ्चालनमा

ऐतिहासिक ग्यालरी कक्षमा द्रव्य शाह, पृथ्वीनारायण शाह, सुरप्रताप शाहदेखि राणाकालीन समयमा प्रयोग भएका हातहतियार प्रदर्शनीमा राखिएको छ।

४५ वर्षअघि विश्व सम्पदास्थल बनेको हनुमानढोकाः प्रहरी कार्यालय सर्‍यो, प्रहरीले छाडेन भवन

हनुमानढोका दरबारमा २०१२ सालमा जिल्ला प्रहरी कार्यालय राखियो। तर यो क्षेत्र २०३६ सालमा विश्व सम्पदा सूचीमा पर्‍यो। २०७२ सालको भूकम्पमा भवन क्षतिग्रस्त भयो र खाली गरियो, तर प्रहरीले अझै पहरा दिइरहेको छ।

ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा

ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ। यस वर्ष पुस १९ गते पर्सागढी २१०औँ विजय महोत्सव आयोजना हुँदैछ।

फर्पिङबाट चोरिएको पुरातात्त्विक सूर्यमूर्ति नयाँ दिल्लीको ‘ओल्ड फोर्ट’ म्युजियममा 

भारतको पुराना किल्ला म्युजियममा भेटिएको यो सूर्यमूर्तिमा नेपालले पहिलोपटक ‘उत्पत्तिको पहिचान’सहित प्रमाण पेस गर्न सक्नेछ। 

कुमारी घरबाट चोरिएको काष्ठ–तोरन पेरिसमा फेला 

सन् १९८० दशकको मध्यतिर बसन्तपुर दरबार क्षेत्रस्थित कुमारी घरबाट चोरिएको एक पुरातात्त्विक काष्ठ तोरन फ्रान्सको पेरिसस्थित एक व्यक्तिको निजी संग्रहमा पाइएको छ।

पाटनबाट चोरिएका बौद्ध सम्पदा भेटिए फ्रान्स र अस्ट्रेलियामा

पाटनबाट सन् ७० र ८० को दशकमा चोरिएका बौद्ध सम्पदा फ्रान्स र अस्ट्रेलियामा भेटिएका छन्।