पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६.१५ प्रतिशत बढी खर्च भएको छ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय सफाइ गरिने भएकाले नदीमा पानीको सतह घटबढ हुन सक्छ। यसले गर्दा तटीय क्षेत्रमा बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४, ठूल्ढुंगामा बिहीबार साँझ भएको दुर्घटनामा २१ जना घाइते भएका छन्।
पाल्पाको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेललाई सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
भारत-शासित जम्मू-काश्मीरको किष्टवार जिल्लामा एकाएक अति भारी वर्षा भई आएको बाढीमा परी कम्तीमा ३४ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।
बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई नदीजन्य पदार्थ हिनामिना गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष कैद र १० करोड रुपैयाँभन्दा बढी जरिबाना तोकेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुंगाले ट्रकलाई लाग्दा तीन जना घाइते भएका छन्।
प्रधानमन्त्रीको चासोको भूमि विधेयक फटाफट पारित गर्ने प्रक्रियामा थियो, यद्यपि अन्तिममा रोकियो। तर विद्यालय शिक्षा विधेयकमा सरकारले चाहेका प्रावधान नराखिँदा लामो समय अड्काइयो। यस्ता उदाहरण धेरै छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदले कारागार व्यवस्थापन सुधार गर्नुपर्ने, कानून निर्माणमा ढिलाइ भएको र अर्थतन्त्रमा सुधार नआएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार नेप्से परिसूचक २.६२ अंकले बढेर २७८८.३६ बिन्दुमा पुगेर रोकिएको छ।
यूएन वुमनले पछिल्ला दशकहरूमा प्राथमिक र माध्यमिक तहमा भर्ना दरमा लैंगिक समानता बढेको भए पनि केही क्षेत्रमा अझै पनि ठूलो असमानता रहेको औँल्याएको छ।
काठमाडौँ महानगरले खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको भन्दै सुन्धारास्थित धरहरा टपरी ममलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ।
हिमाली गाउँपालिका–१ विच्छ्या खोलामा आएको बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा परेको प्रहरीले जनाएको छ।
सरकारले ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२’ स्वीकृत गरेको छ भने नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर पनि तोकेको छ।
दुग्ध उत्पादक किसानहरूले सरकार र निजी क्षेत्रबाट पाउन बाँकी रहेको करिब चार अर्ब रुपैयाँ एक सातामा भुक्तानी नभए आन्दोलनमा जाने चेतावनी दिएका छन्।
क्षमताभन्दा बढी कैदीबन्दी भए पनि सुरक्षाका कारण रवि लामिछानेलाई छुट्टै कोठामा राखिएको, सबै कैदीबन्दीलाई समान रूपमा सुविधा प्रदान गरिएको रुपन्देही कारागार कार्यालयले जनाएको छ।
हाल देशभर साधारणतया बदली भई सुदूरपश्चिम प्रदेशको पहाडी र तराईलगायत बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षा भइरहेको छ। बिहीबार रातिदेखि बिस्तारै वर्षाका गतिविधि कम हुने विभागले जनाएको छ।
रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रारम्भदेखि नै अलग्गै एउटा कोठामा राखिएको कारागार कार्यालयले जनाएको छ।
कालीमाटीबाट बल्खु जाने सडकको १०० मिटरभित्र पर्ने संरचना डोजर र ब्रेकर लगाएर भत्काइएको छ।
कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।