सूर्यविनायक–बनेपा खण्ड स्तरोन्नति भइरहँदा कमलविनायकबाट नाला हुँदै बनेपा निस्कने वैकल्पिक सडकमा सवारीसाधनको चाप छ। तर यो सडक मर्मतमा तीन तहले नै जिम्मेवारी नलिँदा दुर्घटनाको जोखिम बढेको छ।
लगातारको वर्षापछि विछ्या खोलामा आएको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ। बाढीले एउटा झोलुंगे पुलसमेत बगाएको छ।
रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रे भीरमा बिहीबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
२०३८ सालमा आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएको चेतबहादुरलाई हिजै हो जस्तो लाग्छ। आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको सम्झना ताजै छ।
ढुंगामाटो हटाएझैँ शहरबाट केही हप्तामै लाखौँ कुकुर हटाउन अदालत आदेश दिन्छ। त्यस्तो आदेश दिने देश/समाजका धेरै मान्छे पशुपंक्षीलाई ढुंगामाटोझैँ नै ठान्छन्।
सुदूरपश्चिमको आधाभन्दा बढी जनसंख्या कैलाली र कञ्चनपुरमा छ। कैलालीमा करिब ३३ प्रतिशत र कञ्चनपुरमा २० प्रतिशत मानिसको बसोबास छ।
मनसुनको न्यूनचापीय रेखा पश्चिममा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले पूर्वी भूभागभन्दा पश्चिमतर्फ बढी सक्रिय रहने छ।
बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ। जसमध्ये एक जना सिन्धुली र तीन जना चितवनका छन्।
'थिएटर इन एजुकेसन' अन्तर्गत नाट्य विधा पढाइ हुने विद्यालयहरू लक्षित गरी आगामी भदाै दुई गतेदेखि दोस्रो राष्ट्रिय विद्यालय स्तरीय नाटक महोत्सव हुने भएको छ।
केही दिनअघि कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो।
अभद्र व्यवहारको कसुरमा धरौटी माग भए पनि उनी तत्काल नछुट्ने भएका छन्।
यो त्यही सहकारी हो, जसमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको समेत नाम जोडिएको थियो। तर, सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाउँदा भने उनलाई प्रतिवादी बनाएको छैन।
काठमाडौँ उपत्यकामा बढ्दो जनघनत्वका कारण खुला स्थानको अभाव छ। पछिल्लो समय बागमती किनाराको सौन्दर्यीकरणले त्यहाँका पार्क र संरक्षित स्थान शहरबासीलाई ‘सास फेर्ने ठाउँ’ भएका छन्।
सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घर/कोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी भएका छन्।
विंगलले नेपालमा एमसीसी परियोजनाको कार्यान्वयनबारे चासो व्यक्त गरेका थिए।
बुधबार नेप्से परिसूचक १०.५० अंकले घटेर २,७८५.७४ विन्दुमा पुगेर रोकिएको छ।
आफ्नो जिल्लामा बस्न रुचाउने र अन्यत्र सरुवा नगरिदिन आग्रह गर्ने गरेका कारण कतिपय कारागारमा क्षमताभन्दा धेरै गुणा कैदीहरू रहेका गृहमन्त्री लेखकको भनाइ छ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले यही साउन २०–२३ मा भएको सो सम्मेलनका लागि आफ्नो नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमणबारे जानकारी गराएका हुन्।
आर्थिक वर्ष २०८१/८२ मा कर्णालीबाट ३६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ।
अध्यागमनमा छापा मारेपछि अख्तियारले भिजिट भिसा प्रकरणमा शुरू गरेको करिब तीन महिना लामो अनुसन्धान ‘कर्मचारीको भ्रष्टाचार’मा सीमित हुने देखिएको छ, यसको मुख्य विषय मानवतस्करी लगभग सामसुम बनेको छ।