AnonymousUser

Logout

विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा

विदेशबाट आयात भएका आहारपूरकसँग स्वदेशी उत्पादनले  प्रतिस्पर्धा गर्न समस्या भइरहेको उद्योगीहरूले गुनासो गरेका छन्।

पक्राउ परेका व्यक्तिको तस्वीर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

प्रहरीले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको तस्वीर तथा भिडियो सार्वजनिक नगर्ने भएको छ।

बागलुङबाट बर्सेनि आठ लाख २२ हजार टन माटो बग्दै

बागलुङमा अव्यवस्थित ग्रामीण सडक निर्माणका कारण बर्सेनि ८ लाख टनभन्दा बढी माटो बग्ने गरेको छ। यसको नियन्त्रणका लागि बायोइन्जिनियरिङमा ध्यान दिनुपर्ने एक अध्ययनले देखाएको छ।

पृथ्वी राजमार्ग विस्तारपछि बढ्यो दुर्घटना, १ वर्षमा ६२ जनाको मृत्यु

जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख कृष्णबहादुर चन्दले सडक विस्तारपछि यात्रा सहज भए पनि दुर्घटना बढ्नुको मुख्य कारण सडकका घुम्ती र स्ट्रेट रोडबारे यात्रुहरू जानकार नहुनु रहेको बताए।

एनपीएल अनियमितता

आईसीसीको मञ्चमा चर्चा पाएको कालापत्थरको ढुंगा, त्यसमै भएको थियो ८ लाख भ्रष्टाचार

नेपाल प्रिमियर लिगको ट्रफीमा राख्ने सगरमाथा आधारशिविरको पत्थर ल्याउन करिब आठ लाख रुपैयाँ गोलमाल गरिएको तथ्य फेला परेको छ। यसले अनियमितताको दलदलमा परेको एनपीएलमा केसम्म गरियो भन्ने देखाउँछ।

रौतहटमा सिँचाइ गर्दा करेन्ट लागेर २ किसानको मृत्यु

रौतहटमा विद्युतीय मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दुई किसानको मृत्यु भएको छ।

नेप्से परिसूचक ५.१७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ को बिन्दुमा कायम भएको हो।

पूर्वमन्त्री रायमाझीको मुद्दामा १८ गते पेसी

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको बकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ।

मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

मधेश प्रदेशको कुल खेती हुने क्षेत्रफलमध्ये ४६ प्रतिशत जमिनमा मात्र रोपाइ हुन सकेको छ।

तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना

सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने गरेको नेपाल प्रहरीको पछिल्लो विश्लेषणले देखाएको छ।

केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै

नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ।

अन्तर्वार्ता

सरकारी जग्गा कब्जाबारे टीकापुरका मेयर– ‘हामी मात्र सक्दैनौँ, संघबाटै हस्तक्षेप जरुरी छ’

टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारूले क्याम्पसको नाममा रहेको सरकारी जग्गा कब्जा गरी बसेका अव्यवस्थित बसोबासीलाई हटाएर जग्गा खालि गर्ने काम आफ्नो तहबाट सम्भव नभएको भन्दै संघलाई गुहारेका छन्।

युनेस्कोबाट बाहिरियो अमेरिका

अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक विषयहरूमा जोड दिएको उल्लेख गरेको छ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।

भेरी नदीमा टिपर खस्दा ३ जना बेपत्ता

गए राति भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

कम्युनिस्ट आन्दोलनका माल्दाइ

‘माइला मैले बालेको प्रजातन्त्रको दियो तैँले प्रज्वलित गर्नेछस्।’ शहीद गंगालालले आफ्ना भाइ पुष्पलाललाई भनेको यही वाक्य नै माल्दाइको राजनीतिक यात्राको पहिलो पाइला थियो।

देशभर मनसुनी वायुको प्रभाव

बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विद्या भण्डारीलाई राजनीतिमा आउनबाट राेक्ने एमालेकाे निर्णय

बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बनिरहने बाटो खुला गरिदिएको छ।

हल्दिबारीमा ग्यास चुहिएर लागेको आगो निभाउनेक्रममा ४ जना घाइते

झापाको हल्दिबारी गाउँपालिका–४ को एक घरमा लागेको आगो नियन्त्रण गर्ने क्रममा चार जना घाइते भएका छन्।

फेवातालको पहिचान जोगाउन सक्रिय पोखरेली, जलकुम्भीलाई आम्दानीको स्रोत बनाउने योजना

फेवातालको सुन्दरता र अस्तित्व जोगाउन स्थानीय समुदाय र महानगरपालिका सक्रिय भएका छन्। प्रदूषण र अतिक्रमणबाट ताललाई बचाउँदै संकलित जलकुम्भीलाई अब आयआर्जनको स्रोत बनाइनेछ।