सामाजिक सञ्जालमार्फत फेक अकाउन्ट बनाएर दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि किसानले उत्पादन गरेका खाद्यवस्तुको बजार सुनिश्चितता गर्नुपर्ने धारणा राखेका छन्।
बुधबार उच्च अंकले बढेको नेप्से परिसूचकमा बिहीबार भने दोहोरो अंकको गिरावट देखिएको छ।
सांसदहरूले गौरवका आयोजना कार्यान्वयनमा देखिएका समस्याको गाँठो फुकाउन तथा निर्माण सम्पन्न आयोजनाबाट लाभप्राप्त गर्न आवश्यक नीतिगत निर्णय हुनुपर्ने बताएका छन्।
बगरमा उत्पादन भएको तरबुजा, काँक्रोलगायतको साजसब्जी बिक्री गर्न मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिक टहरा नै बनाएका छन्।
पाठकले आफ्ना प्रकाशन एकै ठाउँ छुट मूल्यमा किन्न सकुन् र लेखकसँग भेटको मौका पाऊन् भन्ने उद्देश्यले पुस्तक मेला आयोजना गर्न लागेको नेपालयले जनाएको छ।
करिब डेढ वर्षअघि फूलमाला र बाजासहित रुकुमपश्चिम जिल्ला अदालत पुगेर ढोकामा ढोग्ने रुकुम हत्याकाण्डका पीडित परिवार अहिले काठमाडौँ आएर सात दिनदेखि माइतीघरमा धर्ना बसिरहेका छन्।
हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए। गम्भीर घाइते एक जनाको उद्धार गरिएको छ।
इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिज लागेर मृत्यु भएको छ। उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङको मृत्यु भएको छ।
अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा विद्युत् आपूर्ति ठप्प भएको छ।
प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकांकमा उल्लेखनीय सुधार नदेखिएको उल्लेख गरिएको छ।
युद्ध भएको खण्डमा भारतसँगको नेपाली सीमा क्षेत्रमा सुरक्षा कडा पारिने भएकाले आवागमन र व्यापार पनि घट्ने स्थिति आउन सक्छ।
हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
पीएसजीले आर्सनल र इन्टर मिलानले बार्सिलोनालाई हराउँदै फाइनलमा पुगेका हुन्। फाइनल खेल जुन १ मा हुनेछ।
पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
एक महिनादेखि दुई दर्जन डोजरले प्रकृति दोहोन गरिँदा नजिकैको स्थानीय सरकारदेखि, डिभिजन वन कार्यालय र जिल्लाका सबै सरोकारवाला निकाय बेखबर झैं भए।
काठमाडाैँको कपनबाट गएर गत सोमबार साँझदेखि धुलिखेल नगरपालिका–१२ मा बस्दै आएका उनीहरूलाई काठमाडाैँ फिर्ता गरिएको हो।
प्रदेश सरकारले नीति एवं कानून निर्माण गरी गरिबीको रेखामुनि रहेका ११ प्रतिशत जनताका नाममा शेयर लगानी गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए।
महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गर्दै कार्यान्वयनका लागि आइतबार पत्र पठाएपछि आज सरकारी वकिलको कार्यालयले ६० करोडभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरेको हो।