AnonymousUser

Logout

बालमन्दिर जग्गा प्रकरण : तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनालाई मुद्दा चलाउने निर्णय

महान्यायाधिवक्ताको कार्यालयले नक्सालस्थित बाल संगठनको जग्गा हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ।

गाजामा युद्ध शुरू भएयता १६ हजार बालबालिकाको मृत्यु : स्वास्थ्य अधिकारी

इजरायली सैन्य आक्रमण शुरू भएयता गाजापट्टिमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीले बताएका छन्।

एमाले धनुषा अधिवेशनमा झडप

सत्तारुढ दल नेकपा एमालेको धनुषा अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा केही नेता कार्यकर्ता घाइते भएका छन्।

पूर्वमन्त्री प्रदीप नेपालको निधन

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको मंगलबार अपराह्न उपचारका क्रममा निधन भएको छ।

संक्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट विश्वसनीय बनाउन माग

मानव अधिकार तथा नागरिक समाजमा आबद्ध १० संस्थाले द्वन्द्वपीडित समुदायको गम्भीर सरोकारलाई तत्काल सम्बोधन गर्ने गरी पदाधिकारी छनोट प्रक्रियालाई विश्वसनीय बनाउन माग गरेका छन्।

मंगलबार नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ को विन्दुमा कायम भएको छ भने साढे आठ अर्ब माथिको शेयर कारोबार भएको छ।

बेइजिङ नियोगको ‘इकोनमिक मिनिस्टर’मा सहसचिव अर्याल

चीनको बेइजिङस्थित नेपाली दूतावासमा डेढ वर्षयता रिक्त रहेको ‘इकोनमिक मिनिस्टर’ पदमा सहसचिव पार्वती अर्याल पदस्थापन भएकी छिन्।

नीति तथा कार्यक्रममाथिकै छलफलमा खाली कुर्ची (तस्वीरहरू)

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल चलिरहँदा कुर्सी खाली राखेर अधिकांश सांसद बाहिरिएका छन्।

राष्ट्रियसभा: विपद् पूर्वतयारीका निम्ति जुट्नुपर्नेमा सांसदहरूको जोड

विपद् पूर्वतयारी र प्रतिकार्य, निर्माणाधीन र स्तरोन्नतिको चरणमा रहेका राजमार्गको यथाशीघ्र निर्माणसम्पन्न, मौलिक हकको कार्यान्वयनलगायत बारेमा सरकारको ध्यानाकर्षण गरेका थिए। 

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, जवाफ दिन सभामुखको ‘रुलिङ’

बैठकमा जनमत पार्टीका सांसदहरूले पार्टीका संरक्षक रेमश चौधरीलाई बिनाकारण पक्राउ गरी कारागार चलान गरिएका विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेका थिए।

नारायणघाट–बुटवल सडकको दाउन्नेखण्ड अवरुद्ध

विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ।

‘गाडधन’झैँ लाइसेन्स–चिर्कटो

फेरि किन गरौँ, लाइसेन्स नवीकरण हुनै नसकेको नाथु कुरो? देशमा प्रधानमन्त्री ओलीकै स्याटलाइट–स्पेस हराएको चिन्तादेखि कोशीमा पानीजहाजको बहाव र रसुवातिर चुच्चे रेलको तिव्र गतिसम्मका विलुप्त विषय अनन्त छन्।

बर्सिम घाँसको बीउबाट आम्दानी गर्दै दाङका किसान

बर्सिम घाँस खेतमा छर्न थालेपछि हिउँदको समयमा घाँस खोज्न जान परेको छैन, समयको बचत भएको छ। किसानले घाँसको बीउ बिक्री आम्दानीसमेत गर्न थालेका छन्।

सुरौदी जलाधारः पुल नहुँदा जोखिम, कटान नियन्त्रण नहुँदा बगर

जलाधार क्षेत्रको सुरौदी खोलामाथि तिखेढुंगा र पहरे जोड्ने झोलुंगे पुल नहुँदा यस क्षेत्रमा खेतीपाती र आवतजावत गर्नेहरूले वर्षात्‌को समयमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। 

हामी दुई सञ्जीवनी: स्लेट र स्टाइलस

पहुँचयुक्त प्रविधिको आगमनसँगै दृष्टिविहीन व्यक्तिहरू पनि स्क्रिन रिडरयुक्त मोबाइल र कम्प्युटराइज प्रणालीमा निर्भर हुन थालेका छन्, जसका कारण ब्रेल सिक्ने र प्रयोग गर्नेको संख्या घट्दै गएको छ।

दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

देशका पहाडी भागका केही तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

नेपालमा २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी

सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तिका लागि पाँच वर्षमुनिको मृत्युदर २० प्रतिहजार जीवित जन्मभन्दा कममा झार्ने लक्ष्य रहेको छ।

मकालु हिमाल आरोहणका क्रममा १ अमेरिकी नागरिकको मृत्यु

मकालु हिमाल आरोहणका क्रममा अमेरिकी नागरिकको भएको र शव हेलिकप्टरमार्फत ल्याउन ट्रेकिङ कम्पनीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

कीर्तिपुरस्थित क्रिकेट रंगशालाको प्यारापिट र फ्लडलाइट जडानमा ढिलाइबारे प्रधानमन्त्रीको चासो

कीर्तिपुरस्थित क्रिकेट रंगशालामा प्यारापिट र फ्लडलाइट जडान तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा प्रधानमन्त्री ओलीले आइतबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर सोधपुछ गरेका छन्।

सेवासुविधा जनतानजिक पुर्‍याउन केन्द्र विस्तार गर्दै तनहुँका स्थानीय तह

तनहुँका स्थानीय तहका वडा कार्यालयको केन्द्रबाट टाढा रहेका जनतालाई नजिकबाट सेवासुविधा प्रदान गर्ने उद्देश्यसहित वडाको सेवा केन्द्र विस्तार गरिरहेका छन्।