ग्राहकलाई दिइने सेवा, सुविधा र प्रविधि प्रयोगमा अब्बल बनेका हाम्रा बैंकहरू दृष्टिविहीनलगायत अपांगता भएका व्यक्तिलाई पनि यस्ता सेवा चाहिन्छन् भनेर मान्न अझै तयार छैनन्।
निर्वाचनमा प्रत्येक मतदान स्थलमा ‘ट्याकटाइल ब्यालेट टेम्प्लेट’ र सम्भव छ भने विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरी दृष्टिविहीन मतदाताको गोपनीयता र स्वतन्त्रता सुनिश्चित गरिनुपर्छ।
पहुँचयुक्त प्रविधिको आगमनसँगै दृष्टिविहीन व्यक्तिहरू पनि स्क्रिन रिडरयुक्त मोबाइल र कम्प्युटराइज प्रणालीमा निर्भर हुन थालेका छन्, जसका कारण ब्रेल सिक्ने र प्रयोग गर्नेको संख्या घट्दै गएको छ।
सम्पूर्ण लेखन सहयोगीप्रति हामी कृतज्ञ छौँ र विनम्र अनुरोध के छ भने तपाईं नितान्त सहयोगीको भूमिका निर्वाह गरिदिनुहोस्। कुनै अवाञ्छित क्रियाकलापका निम्ति सहयोगी नबनिदिनुहोस्।