AnonymousUser

Logout

कांग्रेसका खमबहादुर गर्बुजा बने ऊर्जा राज्यमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

अमेरिकी अर्थतन्त्रमा संकुचन

सन् २०२५ को पहिलो तीन महिना (जनवरी-मार्च)मा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्यांकले देखाएको छ।

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी  आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाविरुद्ध रहेको स्पष्ट पारे।

टेकु–कालिमाटी ट्राफिक जाम गराउने सडक विभागको ‘खेल’, नयाँ पुल थुनेर ७ वर्षदेखि बखेडा

मापदण्डको प्रश्न उठाएर गाडी गुड्नै नदिइएको विष्णुमतीको पुलमा कुनै कैफियत नभएको मध्यस्थको प्रतिवेदन र पुल खोल्नुपर्ने अदालतको निर्देशनलाई सडक विभागले पालन गरेको छैन। पुल रोक्न कसको के स्वार्थ छ?

कारागारबाट रिहा भए रेशम चौधरी

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ परेका थिए।

कंगअजिमा मन्दिर परिसरबाट संकटाको मूर्ति चोरी

काठमाडौँको 'कोर' बस्तीबाटै पछिल्लो पटक फरक-फरक समयमा दुई वटा मूर्ति चोरी भएका छन्।

रेशम चाैधरीलाई पक्राउ गर्न भनिएको पत्र अनधिकृत, थुनामुक्त गर्न सर्वोच्चले पठायो अर्को पत्र

अधिकृत महिमानसिंह विष्टले लेखेको पत्र शंकास्पद र कानूनसम्मत नभएपछि सर्वोच्चले चाैधरीलाई थुनामुक्त गर्न भन्दै कारागारलाई नयाँ पत्र काटेको छ। विष्ट भने प्रहरी हिरासतमा छन्।

निरन्तर तेस्रो कारोबार दिन पनि घट्यो शेयरबजार

बुधबार नेप्से ८.१४ अंकले घटेर २ हजार ६२३.८३ को विन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंक घटेको छ।

जोखिममा रहेका ७ वटा गुँडबाट गोहीको अण्डा संकलन

 चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा जोखिममा रहेका गोहीका गुँडमध्ये सात वटाबाट अण्डा संकलन गरिएको हो।

यूएई र माल्टा पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी यूएई र माल्टा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भारतको कोलकातास्थित होटलमा आगलागी, १५ जनाको मृत्यु

आगलागीमा परेर करिब एक दर्जन मानिस घाइते भएका छन्। केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए।

तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार ३१० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

भूठान: फिल्म नचल्ला, तर यो कथा बाँचिरहनेछ

पर्यटक बनेरै भए पनि थातथलो छुन्छु भन्दा प्रतिबन्ध लगाइरहने गजबको मनोदशा छ भुटानसँग। यो ‘ग्रस नेसनल हिप्पोक्रेसी’ बोकेर विश्व रंगमञ्चलाई हँसाइरहेको भुटानका लागि ‘भूठान’ एउटा ऐना हो जो ऊ हेर्नै चाहँदैन।

तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर

लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशितालाई नीतिमा समावेश गरिने, जलवायु नीतिहरूलाई प्रदेश र स्थानीय तहको विकास योजनामा प्रणालीगत रूपमा एकीकृत गरिने मस्यौदामा उल्लेख छ। 

डोटीमा जिप दुर्घटना: १ जनाको मृत्यु, ६ घाइते

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो। घाइते ६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

च्याम्पियन्स लिग: आर्सनलविरुद्ध पीएसजीलाई अग्रता

पीएसजीको जितमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे। उनले खेलको ४ मिनेटमा नै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए। 

सरकार र शिक्षक महासंघबीच सहमति हुन सकेन, बुधबार पुनः वार्ता

शिक्षकहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्। जसका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ।

क्यानडामा प्रधानमन्त्रीका रूपमा मार्क कार्नीको छलाङ

नोभेम्बरमा ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित हुँदा, कार्नी आधिकारिक रूपमा राजनीतिक परिदृश्यबाट बाहिर थिए, ‘सधैँ तयार राजनीतिज्ञ’का रूपमा अवसरको प्रतीक्षा गरिरहेका थिए।

देशका विभिन्न भूभागमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।