शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरेका छन्।
हिमपातका कारण सगरमाथा आरोहण पनि प्रभावित भएको छ। अधिकांश आरोही आधार शिविरमै रोकिएका छन्।
विद्युत् आपूर्तिमा आएको समस्याका कारण रेल सेवा अवरुद्ध भएका छ भने मानिसहरू लिफ्टमा फस्नुका साथै मोबाइल तथा इन्टरनेट नेटवर्कमा समेत प्रभाव परेको छ।
सीआईबीले १७ अर्ब ८६ करोड रुपैयाँ बराबरको अवैध कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ।
शिक्षक महासंघले आफ्ना मागलाई मन्त्रिस्तरीय निर्णय, मन्त्रिपरिषद् र ऐन–कानून बनाएर समाधान गर्न सकिने वर्गमा विभाजन गरी सरकारले त्यहीअनुसार खाका बनाउनुपर्ने जनाएको छ।
इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता, भ्रष्टाचारसम्बन्धी गुनासाबारे अध्ययन गर्न गठित राजेन्द्रप्रसाद लिङ्देन संयोजकत्वको उपसमितिले सोमबार प्रतिवेदन सार्वजनिक लेखा समितिका सभापतिलाई बुझाएको छ।
चिकित्सा शिक्षा आयोगको बैठकले स्नातक एमबीबीएस तथा बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकन गर्न गठित कार्यदलको प्रतिवेदन स्वीकार गरेको छ।
सांसदले नेपालको आकाश किन असुरक्षित भन्नेबारे अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी विधेयकलाई अन्तिम रूप दिनुपर्ने बताएका छन्।
सोमबार नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ को विन्दुमा कायम भएको छ।
क्षमताभन्दा बढी व्यक्तिको ओहोरदोहोर र मोटरसाइकल कुदाउँदा झोलुंगे पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए।
काठमाडौँ महानगरले ३२ वटा वडालाई भौगोलिक र जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरी स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्रै व्यवस्थापन गरिरहेको छ।
संखुवासभाको मकालु गाउँपालिका–३ कालोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन्।
विद्यालय शिक्षा ऐन दिएर शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन्।
भरतले कहिले झगडा गरेर हिँडे, कहिले ‘डन’ बन्ने सपना देखे। अब फेरिइसकेका उनी अन्तर्राष्ट्रिय रंगशालामा देशको झण्डा बोकेर उभिन सफल भएका छन्। एउटा हात नहुनु कमजोरी होइन, देशका लागि गर्वको विषय बनेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो।
अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो।
त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
उत्तर कोरियाले रुस-युक्रेन युद्धमा रुसको तर्फबाट लड्न आफ्नो सेना पठाएको कुरालाई पहिलो पटक स्वीकारेको हो।
रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।