AnonymousUser

Logout

प्रविधि प्रभावः युवा पुस्ताको जात्रा लाइभ...

पत्रिकाको पहिलो पृष्ठमा छापिने एउटा फोटो र टीभीको छोटो ‘टाइम स्लट’बाट जात्राले मिडियाको ‘फराकिलो सडक’को यात्रा गरिरहेको छ, अहिले फेसबुक पेज र युट्युबका लागि गतिलो कन्टेन्ट बनेको छ।

कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित ४ जनाको मृत्यु

पलाँता गाउँपालिका–९ थिर्पुबाट खाद्यान्न, खुद्रा सामान लिएर पलाँता–४ छलतर्फ जाँदै गरेको ट्र्याक्टर बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

ट्रम्प ट्यारिफ: डीएचएलले रोक्यो अमेरिकामा ८०० डलरभन्दा बढी मूल्यको पार्सल वितरण

कुनै पनि देशबाट अमेरिकामा आठ सय अमेरिकी डलरभन्दा बढी मूल्यको पार्सल ढुवानी सोमबारदेखि अस्थायी रूपमा रोक्का गरिएको जर्मन कम्पनी डीएचएलले जनाएको छ।

जिपमा आगलागी घटना: मृत्यु हुने र घाइतेको पहिचान

फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको जिप विद्युत्को पोलबाट चुँडिएको तारमा अल्झिँदा आगलागी भएको प्रहरीको भनाइ छ।

डाक्टरहरूको टोलीमाथि आक्रमण गरेको घटनामा इजरायलले स्वीकार्‍यो गल्ती

इजरायली सेनाले गत महिना गाजामा १५ प्यालेस्टिनी डाक्टरको हत्या गल्तीबस भएको जनाएको छ।

ताप्लेजुङमा जिपमा आगलागी हुँदा ४ जनाको मृत्यु, २ घाइते

सोमबार बिहान करिब ५ः०० बजे विद्युत‍्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

नेपालको विशिष्ट धर्मनिरपेक्षता: व्यवस्थापनमा संवेदनशीलता आवश्यक

२०७२ सालको संविधान तहत नेपाल धर्मनिरपेक्ष राष्ट्र भएता पनि सनातन धर्म संरक्षण गर्ने धर्मनिरपेक्ष राष्ट्र हो। यहाँनिर जटिलता के छ भने त्यो सनातनको परिभाषा चाहिँ के हो?

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मोटरसाइकल कृष्णभीरबाट त्रिशूलीमा खस्दा १ जनाको मृत्यु

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा मोटरसाइकल सडकबाट करिब ३०० मिटर तल त्रिशूली नदी किनारमा खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

बुटवल उपमहानगर–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी युवतीको चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार भइरहेको छ।

आयोजनाको पुनः प्राथमिकीकरण गरी खर्च गर्न सक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव

संघ, प्रदेश र स्थानीय तहमा विकास आयोजना बाँडफाँटसम्बन्धी मापदण्डबमोजिम कार्यक्रम तथा आयोजना बाँडफाँट हुनुपर्ने आयोगको सुझाव छ।

अध्यक्ष लिङ्देनसहित राप्रपाका ७ नेता रिहा

सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका राप्रपाका नेताहरू रिहा भएका छन्।

सूर्यविनायक—धुलिखेल सडकः बुङ्बुङ्ती धुलो, होटल व्यवसायीलाई पिरलो

विस्तार हुँदै गरेको सूर्यविनायक–धुलिखेल सडकका कारण पर्यटक आउने सिजनमा धुलिखेलका होटल व्यवसायी धुलो पुछ्दै र बढार्दै बस्नुपर्ने अवस्था छ। ठेक्का अवधि सकिनै लाग्दा सडकको काम सम्पन्न हुने छाँटकाँटै छैन।

तनहुँ दुर्घटना : मृतकको सनाखत

तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा आइतबार माइक्रोबस र स्कुटर ठोक्किँदा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।

दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब चाहिने

दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि २०२४ देखि २०३० सम्म औसतमा जीड‍ीपीको ४५.४ प्रतिशत लगानी आवश्यक पर्ने योजना आयोगको अनुमान छ।

डेब्यू म्याचमै ‘जादू’ देखाएका १४ वर्षीय वैभव

सबैभन्दा कम उमेरमा आईपीएल खेल्ने खेलाडी हुन्, वैभव सूर्यवंशी। लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा आफ्नो टिम राजस्थान रोयल्स पराजित भए पनि आक्रामक ब्याटिङ गरेका वैभवको भने तारिफ भइरहेको छ।

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

वैशाख ७ देखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ८ अर्ब ४३ करोडको शेयर किनबेच

आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ को विन्दुमा कायम भएको छ।

तनहुँमा माइक्रोबस र स्कुटर ठोकिँदा २ जनको मृत्यु, १४ घाइते

भानु नगरपालिका–१०, कालीमाटीमा आइतबार माइक्रोबस र स्कुटर ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

राप्रपा अध्यक्ष लिङ्देनसहित ३ नेता प्रहरीको नियन्त्रणमा 

प्रहरीले सिंहदरबार भित्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै सांसदहरू बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ।