AnonymousUser

Logout

अभिषेकको शतकमा हैदराबाद विजयी

अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै १४१ रन बनाए। उनले ५५ बलमा १४ चौका र १० छक्का प्रहार गरेका थिए।

बैतडीमा असिनाले गहुँबाली र तरकारीमा क्षति

बैतडीको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्‍याएको छ।

मकालुमा लेक लागेर चिकित्सकको मृत्यु

मकालु बेसक्याम्प जाने क्रममा लेक लागेर एक जना चिकित्सकको मृत्यु भएको छ।

सडकमा शिक्षक: सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ दिनचर्या

आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बनाउनेजस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा शनिबार भएको आगलागी नियन्त्रणमा आएको छ।

वीरगन्जमा जिल्ला प्रशासनले लगायो कर्फ्यु

दुई पक्षबीचको झडपका कारण छपकैया क्षेत्र तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले स्थिति नियन्त्रणमा लिन कर्फ्युको आदेश जारी गरे‍को छ।

बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

काठमाडौँको बबरमहलमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शोभायात्राका क्रममा वीरगन्जमा दुई पक्षबीच झडप

हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा छपकैयामा दुई पक्षबीच झडप भएको छ।

एनएसएलः बराबरी खेल्दै झापा र पोखराले अंक बाँडे

नेपाल सुपर लिगअन्तर्गत शनिबार भएको खेलमा झापा एफसी र पोखरा थन्डर्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

नेझा–२ः ठूला अमेरिकी एनिमेसन कम्पनीलाई उछिन्ने एउटा चिनियाँ फिल्म

दुई महिनामै नेझा–२ एनिमेसनतर्फ विश्वभर सबैभन्दा धेरै कमाउने फिल्म भएको छ। यसअघि, अमेरिकी कम्पनी पिक्सारको ‘इन्साइट आउट–२’ सबैभन्दा बढी कमाउने एनिसमेन फिल्म थियो। यसको कुल कमाइ १ अरब डलर थियो।

​​​​​​​कर्णालीमा बर्सेनि बग्छन् करोडौँका काठ, कानूनी जटिलताले संकलनमा समस्या

करोडौँ पर्ने काठ बगेर भारततर्फ गएको देखिन्छ। कतिपय रूख नदीमा गाडिएका, अड्किएका तथा डुबेका छन्। बाढीसँगै बगेर जानेबाहेक अड्किएका काठ संकलन गर्दा मात्र पनि करोडौँ आम्दानी हुने सरोकारवालाको भनाइ छ।

लामडिंगबाट ‘बिन्दु’ बोकेर

“हाम्रो जन्म सँगसँगै हो, २०१८ सालमा यता ‘रचना’ जन्मियो, त्यही साल उता असममा ‘बिन्दु’ सुरु भयो। अझै हामी दुवै घिटिक–घिटिक बाँचिरहेका छौँ।” 

हावाहुरीबाट उत्तर चीन प्रभावित, सयौँ हवाई उडान रद्द

हावाहुरीका कारण उत्तर चीनमा हवाई उडान तथा रेल सेवा प्रभावित भएको छ भने समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना, युनिभर्सल स्टुडियोज् पार्कजस्ता पर्यटकीयस्थल अस्थायी रूपमा बन्द गरिएका छन्।

चारदेशीय टी२० शृंखलाको फाइनलमा पुग्यो नेपाल

अंकका आधारमा नेपाल हङकङमा जारी चारदेशीय टी२० शृंखलाको फाइनलमा पुगेको छ।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमण, ३२ जनाको मृत्यु

मृतकमध्ये चार जना महिला र १० जना बालबालिका छन्। १७ जना घाइते भएका छन्। घटनापछि नागरिकहरूलाई सडकमा ननिस्किन अनुरोध गरिएको छ।

लामडिंगबाट ‘बिन्दु’ बोकेर

‘हाम्रो जन्म सँगसँगै हो, २०१८ सालमा यता ‘रचना’ जन्मियो, त्यही साल उता आसाममा ‘बिन्दु’ शुरू भयो। अझै हामी दुवै घिटिक–घिटिक बाँचिरहेका छौँ।’

वर्ष २०८१ मा नेपाल: यी हुन् प्रमुख घटना

कांग्रेस र एमालेको सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, रवि लामिछानेको पक्राउ र कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्चित बने।

हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।

देशका विभिन्न भूभागमा बिहानैदेखि हल्का वर्षा

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सहज बन्दैछ मुग्लिन–पोखरा सडक [तस्वीरहरू]

तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म ८१ किमी सडक पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरी विस्तार तथा स्तरोन्नति भइरहेको छ।