वर्षाका कारण दाउन्नेमा सडक हिलो र चिप्लो भएकाले सवारी आवतजावतमा कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
नेपालका लागि कुशल भुर्तेलले ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ तथा आशिफ शेखले ३८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाए।
चट्याङ लागेर बुधबार राति सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको मृत्यु भएको छ।
टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको हो।
वित्थडचिर गाउँपालिका–३ मा वर्षासँगै परेको चट्याङ लागेर बुधबार राति ७८ वर्षीय धौले बोहराको मृत्यु भएको छ।
सन् १९९० पछि रुसमा भित्रिएको सीमित कुलीनतन्त्रले त्यहाँको कतिपय प्राकृतिक संसाधन कब्जा गर्न सफल भएको थियो। इटली, जर्मनी, अस्ट्रिया, फ्रान्स र धेरै अफ्रिकी देशमा यसको लहर देखा परेको छ।
पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। नेपालले कतारसँग खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन।
दिउँसो कोशी र मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
नेपाल पत्रकार महासंघले दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा बुधबार बेलुका माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको राष्ट्रबैंकले जनाएको छ।
श्रम मन्त्रालय, राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र नेपाल हस्तकला महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ।
बाल सुधारगृहका वयस्कलाई तोकिएको बाँकी अवधि कारागारमा राख्ने कानूनको मस्यौदा सरकारले मन्त्रिपरिषद्मै अड्काएको छ। सुधारगृहका बालबालिका भने यिनै वयस्कका कारण हुने झडपबाट जोखिममा छन्।
राजनीतिज्ञ, खेलाडी र अन्य व्यक्तिहरूको उपस्थितिमा आयोजित मेरेंगु कन्सर्टको क्रममा दुर्घटना भएको थियो। बीबीसीका अनुसार दुर्घटनामा ११३ जनाको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन्।
झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ।
नेपाली लेखक पशुपति घिमिरेका अंग्रेजी भाषाका दुई पुस्तक ‘वान्डरिङ वर्ड्स’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ प्रकाशित भएका छन्।
पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आज ९.६६ अंक बढेर २,६७६.२८ विन्दुमा पुगेको छ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थ सञ्जाल र चेम्बर अफ कमर्स, रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन्।
अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एशिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४.९ प्रतिशत र सन् २०२६ मा ४.७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ।