AnonymousUser

Logout

अमेरिका पुर्‍याइएका ५०० वर्ष पुराना पौभा फिर्ता ल्याउन ४५ वर्षदेखि लडेको परिवार–समुदाय

सन् १९८० मा काठमाडौँबाट हराएका पौभा चित्र २३ वर्षपछि अमेरिकामा भेटिए पनि फिर्ता ल्याउन अरू २२ वर्ष लाग्यो। यी कला फिर्तीका लागि एउटा परिवार–समुदाय ४५ वर्ष निरन्तर लडिरह्यो र अन्ततः फिर्ता ल्याइछाड्यो।

पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति सांसदहरूको असन्तुष्टि

पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन भत्ता, घरभाडा, सवारी साधन, सचिवालयका लागि कर्मचारी र सहयोगी राख्नेसहितको कानूनको मस्यौदा बनिरहेको भन्ने सुन्नमा आएको भन्दै सांसदहरूले विरोध गरेका छन्।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार नेपाली बजारमा छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

घरपझोङ सडक कालोपत्रमा ठेकेदारको बदमासी

रिङरोड बनेपछि मुख्य सडकबाट ओझेलमा परेका ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङलगायत आधादर्जन गाउँका कृषि उपजको बजारीकरणमा सहज हुने जनाइएको छ।

काठमाडौँको स्युचाटारस्थित एक घरमा आगलागी, १५ लाखको क्षति

चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन्।

गण्डकी प्रदेश आख्यान महोत्सव, १० जिल्लाका साहित्यकारको जमघट

महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ जिल्ला बाहेक १० जिल्लाका आख्यान विधासँग सम्बन्धित साहित्यकारहरूको प्रतिनिधित्व थियो।

कास्की र पर्वत जोड्ने भुरुङ्दीखोला मोटरेबल पुल ९ वर्षदेखि अलपत्र

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ मंसिरमा निर्माण थालिएको पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसकेको स्थानीयको भनाइ छ।

‘भूपति’ आऊ– भजन गाऊ

छद्म गणतन्त्रवादीको डफ्फा आफै नयाँ राजा बन्ने बाटो खनिरहेका छन्। केही प्रगतिशील राजनीतिज्ञहरू पनि शासनको गुलियो चास्नीमा डुबेर हल न चलको स्थितिमा छन्।

घट्यो मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन

नदीमा पानीको बहाव कम हुँदा आयोजनाको क्षमताभन्दा आधा मात्रै विद्युत् उत्पादन भइरहेको छ। पुसबाट विद्युत् उत्पादन घट्न थालेको आयोजनाले जनाएको छ।

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आयल निगमले घटायो इन्धनको मूल्य

निगमका अनुसार आइतबारदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेल प्रतिलिटर चार रुपैयाँका दरले मूल्य घटाइएको छ।

उखु अभावले एक महिनाअगावै चिनी उद्योग बन्द

चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने चिनी उद्योग उखु अभावका कारण फागुन मसान्तमै बन्द भएको छ।

चैत १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डर तयार

संघीय संसद् सचिवालयले आगामी १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डर तयार गरेको छ।

‘गोर्खा ट्रेल ब्लेजर’को उपाधि सुरज लिम्बू र पुष्पा सेर्मालाई

तेस्रो ‘गोर्खा ट्रेल ब्लेजर’ १० किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ सुरज लिम्बू र महिलातर्फ पुष्पा सेर्माले जितेका छन्।

मेचीकिनारका भित्तामा प्रकृति दोहनविरुद्ध लड्नेका कथा

धनुषामा हत्या भएका दिलीप, कैलालीमा हात काटिएकी नन्दादेवी, रोइरहेको पाण्डा, बगिरहेको पानी र त्यसमा आश्रित कछुवा तथा घडियाल, पुराना शैलीका घर। पर्यावरण विनाशविरुद्ध उभिएको छ मेचीनगरको भित्तो।

विद्युतीय सवारीसाधन सञ्चालनसँगै सस्तियो पोखरा–बागलुङ ‘यात्रा’

वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने हुँदा विद्युतीय गाडी यात्राका लागि सहज र सस्तो हुने गरेको छ।

दक्षिण अफ्रिकाका राजदूतलाई अमेरिकाले गर्‍यो देश निकाला

अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोपमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतलाई देश निकालाको घोषणा गरेका छन्।

आईएमएफले सक्यो विस्तारित कर्जा सुविधाको पाँचौँ समीक्षा, ५ अर्ब ८१ करोड निकासा गर्ने

एफएटीएफको ‘ग्रे सूची’मा परेपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विषयमा पनि चनाखो हुनुपर्ने आवश्यकता आईएमएफले औँल्याएको छ।

नियन्त्रणमा आउन सकेन शैलुङको जंगलमा लागेको डढेलो

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। 

फाफुरा, प्याक र प्याकप्याक 

हामी नेपालीलाई कसैले केही सिकाएको सह्य हुँदैन भन्ने ती महिलालाई थाहा छैन कि क्या हो? हामीले जे सोच्छौँ, जे बुझ्छौँ र जे भन्छौँ, त्यो गलत भए पनि सही हो।