AnonymousUser

Logout

आमाहरूको फुटबल प्रतियोगिता

खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिंगा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको हो।

ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी

अमेरिकाले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा ईयूले प्रतिशोधात्मक कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपेली मदिराजन्य आयातमा पनि २०० प्रतिशत करवृद्धिको घोषणा गरेका हुन्।

वुमन्स डे कपमा आज नेपालले हङकङसँग खेल्दै

हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको हो।

दलहरू सुध्रने या ध्वस्त हुने?

परिवर्तनको राप रहुन्जेल प्रतिक्रान्तिकारी शक्ति विभिन्न दल र विचारधारामा आवरणमा रहन्छन्। जब परिवर्तनको आवेग सेलाउँदै जान्छ, भेष फेरेका साधु पुनः गृहस्थ फर्कन्छन्।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

भारतमा जन्मेर पनि नेपाली साहित्यमा योगदान पुर्‍याएका क्षेत्रीको पहिलो उपन्यास बसाइँ निकै चर्चित कृति हो।

तराई तथा मधेशमा आज होली मनाइँदै

पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ।

यस्तो छ शुक्रबारको माैसम पूर्वानुमान

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

रिंकु सदा मृत्यु प्रकरण : पञ्चायतीमा बसेका थप २ जना पक्राउ

रिंकु सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेसँगै यो घटनामा पक्राउ पर्नेको संख्या १० पुगेको छ।

हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लाससाथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ।

टी२० शृंखलामा नेपाल युगान्डासँग ४० रनले पराजित

चार देशीय टी२० क्रिकेट शृंखलामा नेपाल युगान्डासँग ४० रनले पराजित भएको छ।

होलीमा उच्छृंखल गतिविधि गर्ने ५५ जनालाई प्रहरीले लियो नियन्त्रणमा

होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले ५५ जनालाई नियन्त्रणमा लिएको छ।

होली खेल्न वसन्तपुर पुगेकाहरूलाई वासस्थान फर्किने हतारो (तस्वीरहरू)

होली खेल्न वसन्तपुर दरबार क्षेत्र आएका सर्वसाधारणको वासस्थान फर्किनका लागि बस तथा माइक्रो बसलगायत सार्वजनिक सवारीसाधन चढ्नका लागि सुन्धारा क्षेत्रमा भीड लागेको छ।

चरा हेर्न मेचीनगर जानू

मेचीनगरमा ३४८ प्रजातिका चरा भेटिएका छन्, ती सबै चराको तस्वीर देवेन खरेलसँग संग्रहित छन्। यहाँ विश्वमै दुर्लभदेखि नेपालमा अन्यत्र नपाइने चरा पनि देख्न सकिन्छ।

पिरती जिन्दावाद… (शनिवार)

यस किताबमा प्रयुक्त 'लाटी' भने नितान्त पिरतीको 'लाटी' हो, जो एकदमै पियारी छ र सोझी छ। माया गरेर भनिने शब्दको अर्थमा 'लाटी'मा शब्दको प्रयोग भएको छ। 

प्रधानमन्त्री कप : एपीएफ २ विकेटले विजयी

प्रधानमन्त्री कपअन्तर्गत बिहीबारको खेलमा कमलसिंह ऐरीको अलराउन्ड‍र प्रदर्शनमा एपीएफले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको छ।

पाकिस्तानमा बन्दुकधारीको रेल घेराबन्दीमा मारिएका २५ जनाको शव बरामद

पाकिस्तानी अधिकारीले पृथकतावादी बन्दुकधारीद्वारा रेल घेराबन्दीमा मारिएका २१ बन्धकसहित कम्तीमा २५ जनाको शव बरामद गरिएको बताएका छन्।

कालीकोटमा खुकुरी प्रहारबाट १ किशोरको मृत्यु, अर्का १ जना घाइते

प्रहरीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ।

स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ।

धनी बन्ने चिनियाँ काइदाः धमाधम बिक्री हुँदै बैंक छेउछाउको माटो

बैंक भएको ठाउँबाट खोस्रेर निकालिएको माटो घरमा राख्दा जीवनमा समृद्धि र सौभाग्य छाउने दाबी गर्दै चिनियाँ अनलाइन बजारमा यस्तो माटो बिक्री भइरहेको छ।