AnonymousUser

Logout

सहकारीपीडितको बचत फिर्ताः बजेटकै घोषणा अलपत्र, अध्यादेशमा फेरि त्यही व्यवस्था

सरकारले साना बचतकर्ताको रकम फिर्ताको घोषणा बजेटमै गरेको थियो, अहिले त्यही व्यवस्था राखेर अध्यादेश ल्याएको छ। तर बचत फिर्ताको स्पष्ट आधार नहुँदा पीडितले रकम पाउन कठिन हुने विज्ञहरू बताउँछन्।

जय ट्रफीः आर्मी र पुलिसको खेल बराबरीमा

जय ट्रफी मेन्स एलाइट कपअन्तर्गतको सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुंगिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।

वैकल्पिक वित्त परिचालनसम्बन्धी कानून बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव

ऋणपत्र, प्रत्याभूति पत्र, स्वपुँजी कोषलगायत विभिन्न वित्तीय वा मौद्रिक उपकरणमार्फत वैकल्पिक वित्त परिचालन गर्न आवश्यक रहेको भन्दै सरकारले विधेयक ल्याउने तयारी गरेको हो।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक १.८९ प्रतिशतले बढेर २६४०.६८ को विन्दुमा पुगेको छ भने ६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आफ्ना प्रकाशकलक्षित कार्टुन नछापिएपछि वासिङ्टन पोस्टकी कार्टुनिस्टको राजीनामा

वासिङ्टन पोस्टकी कार्टुनिस्ट एन टेल्नइसले आफ्ना प्रकाशक जेफ बेजोस तथा राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पलक्षित कार्टुन प्रकाशन नभएपछि पदबाट राजीनामा दिएकी छन्।

मधेश प्रदेशका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियारले मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरण : लामिछानेका कानून व्यवसायीको बहस जारी

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानून व्यवसायीले बहस गरेपछि प्रतिवादी तर्फका कानून व्यवसायीको बहस चलिरहेको हो।

भरत थापामाथिको 'बायोपिक' ९ महिनादेखि अलपत्र, अख्तियारको मुद्दापछि निर्देशक नयाँ फिल्मतिर

बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापामाथि बनाउन थालिएको 'बायोपिक'को छायांकन गत वैशाख १० गते नै सकिए पनि पोष्ट प्रोडक्सनमा गएको छैन। बरु निर्देशक दीपेन्द्र के खनाल नयाँ फिल्मतिर लागेका छन्।

चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

काठमाडौँ उपत्यकाको वायु प्रदूषण २०५ एक्यूआई छ। १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थ र त्यसभन्दा माथि वायु प्रदूषण भएमा अत्यधिक अस्वस्थ भएको मानिन्छ।

क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

पश्चिम नवलपरासीको कारागारमा क्षमताको तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ।

अमेरिकामा हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित, विभिन्न राज्यमा आपतकाल घोषणा

आँधीका कारण अमेरिकाको जनजीवन प्रभावित भएको छ। भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड नै तोडेको छ।

जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

कर्णालीका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको  थियो।

३४ बन्धक रिहा गर्न हमास तयार, इजरायलसँग वार्ता जारी

हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ। यद्यपि इजरायलले भने हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगरेको जनाएको छ।

पीएसजीले जित्यो फ्रेन्च सुपर कप

ओस्माने डेम्बेलेले अतिरिक्त समयमा गोल गरेपछि पीएसजीले मोनाकोलाई १–० ले हराउँदै फ्रेन्च सुपर कप जितेको छ।

राजनीति गर्नेका सनातनी आकार र गतिशील इतिहास

नेपाली राजनीतिक दलका नेताहरूका सनातनी अनुहार हुनुमा तिनको कमजोरी मात्र भयो भन्ने पक्षमा म छैन। तर प्रदीप गिरिले भनेजस्तो तिनका कर्म भने निष्ठावान् हुनुपर्छ।

प्रहरीद्वारा २ अर्ब २४ करोडभन्दा बढी राजस्व संकलन

नेपाल प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

यस्तो रहनेछ सोमबारको माैसम

हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

माओवादी केन्द्रीय सदस्यले फागुन १ भित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने

माओवादी केन्द्रले आगामी फागुन १ भित्र सबै केन्द्रीय सदस्यले आफू र परिवारको सम्पत्ति विवरण पार्टीमा बुझाउनु पर्ने र जीवननिर्वाहको स्रोत खुलाउनु पर्ने प्रस्ताव पारित गरको छ।

भारी हिमपातले बेलायत र जर्मनी प्रभावित, कैयौँ हवाई उडान रद्द

भारी हिमपात र वर्षाले आइतबार युरोपभर, विशेष गरी बेलायत र जर्मनी बढी प्रभावित भएका छन् भने यहाँका प्रमुख विमानस्थलहरू हवाई उडान स्थगित गर्न बाध्य भएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।