सिंगापुरको बिजुलीको खुद्रा बिक्रेता प्यासिफिकलाइट पावरले विकास गर्ने ‘हाइड्रोजन जेनेरेटर’को क्षमता कम्तीमा ६०० मेगावाट हुनेछ।
‘आरओपी’को जोखिम समयअगावै जन्मिएका बच्चामा देखिन्छ। समयअगावै जन्मिएका, दुई केजीभन्दा कम तौल भएका बच्चामा यो समस्या देखिने गरेको रेटिना स्पेसलिस्ट डा. इली प्रधानको भनाइ छ।
संसद्मा एकअर्कालाई खुइल्याउने, आरोप–प्रत्यारोप गर्ने परिपाटीबीच भारतीय सदनमा सत्ता–विपक्षका नेता मनमोहन सिंह र सुष्मा स्वराजको ‘शायराना अन्दाज’ अनुकरणीय थियो। नेपालको सदनमा भने त्यो बिरलै देखिन्छ।
अस्पताल भवन निर्माण नहुँदा लेकम, दुहुँ र अपि हिमालका बासिन्दा बिरामी पर्दा भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ।
चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३.४५ प्रतिशत मात्रै भएको छ।
बिहीबार साँझ राजधानी लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो।
माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार ८० अर्ब डलरमध्ये आधाभन्दा बढी अमेरिकामा खर्च हुनेछ।
सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमका रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो।
प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन अभिलेखीकरण गरिएको नगरपालिकाले जनाएको छ।
पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए। तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन्।
भविष्यमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाएर भारत र पाकिस्तानलाई बोलाएर खेल सञ्चालन सम्भव छ भन्ने विश्वास एनपीएलले बढाएको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार, तीन हजार ६८६ वटा दाबीको आवेदन परेको छ। सोमध्ये हालसम्म एक हजार ८०९ वटा दाबीको १ अर्ब ७८ करोड ८१ लाख ३८ हजार रुपैयाँ भुक्तानी भएको छ।
दिउँसो देशभरको मौसम मुख्यतया सफा रहने सम्भावना छ। राति हिमाली क्षेत्रमा आंंशिक बदली रहनेछ।
बाक्लो कुहिरोका कारण शुक्रबार भारतको हवाई उडान र रेल सञ्चालनमा असर परेको छ।
युनको सुरक्षा दस्ता तथा दक्षिण कोरियाली सेनाले प्रहरीलाई रोक्नका लागि बाटोमा सवारीसाधनसमेत तेर्स्याएको थियो।
स्तरीय पढाइ हुने ठूला क्याम्पसमा पहिलेभन्दा विद्यार्थी बढ्दा धेरैजसो क्याम्पसमा भने विद्यार्थी ह्वात्तै घटेका छन्। यसका पछाडि विदेश मोहभन्दा विश्वविद्यालयहरूको खस्कँदो स्तर ज्यादा जिम्मेवार छ, कसरी?
विश्व बैंकको नेपालसम्बन्धी प्रतिवेदनमा सन् २०१६ मा दूरसञ्चार कम्पनीले मुलुकको जीडीपीमा करिब ४ प्रतिशत योगदान गरेकोमा सन् २०२३ मा आइपुग्दा यो आधाभन्दा बढीले कम भएको उल्लेख छ।
यो साता उकालोमा कालिञ्चोक मास्ने खेल, कर्णाली विकास बैंकले उब्जाएको प्रश्न, भारतले पानी छाड्न आनाकानी गरिरहेको महाकाली सिँचाइ आयोजनामा बजेटमै अंकुश,नश्लीय आक्रमणको लज्जाजनक घटनासहितका खबर चर्चामा रहे।
फ्लूबाट बच्नका लागि बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिनेलगायत सुझाव चिकित्सक दिन्छन्।
क्यालिफोर्नियाको एक व्यापारिक भवनमा विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन्।