आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट बिजुली उत्पादन घटेको छ। अझै पानी कम हुँदै जाने र क्रमशः उत्पादन घट्दै जाने उनको भनाइ छ।
माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छेलाई जोगाइरहेको र टाढाकालाई छानी–छानी कारबाही गरिरहेको बताए।
कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ।
पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, भारतलगायतका देशका प्रकाशक, उत्पादक तथा वितरकको पनि सहभागिता छ।
सन्दकपुर गाउँपालिका–२ माइमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर गरेको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए।्
बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा कायम भएको छ।
लहानदेखि उत्तरतर्फ पर्ने चुरे क्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन्।
पछिल्लो साढे ३ वर्षमा अनलाइन सपिङका नाममा सामाजिक सञ्जालमार्फत झन्डै ९ करोड रुपैयाँ ठगी भएको प्रहरीमा उजुरी परेको छ। सस्तो मूल्यको आकर्षक सामान राख्ने र रकम लिएपछि डेलिभरी नगर्ने घटना धेरै छन्।
विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुंगोमा पुर्याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार दिउँसो १.०२ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।
किसानले उत्पादन गरेको तितेकरेला गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यसको खेती पनि बढेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाएको छ।
प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षामा जोड्न प्रदेश सरकारले छात्रवृत्ति योजना अघि बढाएको छ। उच्चशिक्षा पढ्न यसपालि तोकिएका चार समूहभित्रका ६०० छात्राले यो अवसर पाउने छन्।
झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुंगे पुलमा पर्यटकको घुइँचो लाग्न थालेको छ। भारतको सिक्किम तथा पश्चिम बंगालबाट समेत पुल हेर्न पर्यटक आउने गरेका छन्।
दलित क्विरको लागि त यो समाज अझै चुनौतीपूर्ण छ। क्विर हुनु सामाजिक रूपमा विभेदमा पर्नु त हो नै, सँगै दलित क्विर हुनु जातीय र लैंगिक दुवै विभेदमा पर्नु हो।
धान बिक्री गर्न ६७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म ५६७ जनासँग खरिद गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।
दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। तराईमा बिहान लागेको हुस्सु दिउँसो क्रमशः खुल्दै जानेछ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ६६ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।
पनौती नगरपालिकाको १६औँ नगरसभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो।
सरकारले प्रत्येक वर्ष माघ १४ गतेलाई ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’का रूपमा मनाउने भएको छ।