काठमाडौँ महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षाअगावै बजेट संशोधन प्रक्रिया शुरू गरेको छ। महानगरमा ५ महिनामा बजेट खर्च भने कुल विनियोजनको १६.१० प्रतिशत मात्र भएको छ।
पोखराको फेवातालमा आयोजित ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’मा नेपाल, चीन र सिंगापुरका २० टोली सहभागी छन्।
प्रहरीले काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ।
आइतबार नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ को विन्दुमा कायम भएको छ।
जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिई पर्खालमा ठोक्किएर आगलागी हुँदा १६७ जनाको मृत्यु भएको छ।
विभिन्न सामान प्याकेजिङमा प्रयोग हुने ‘बबल र्याप’लाई पड्काउनमा कतिपयले आनन्दसमेत लिन्छन्। त्यसैले उनीहरूले यसलाई तनाव प्रतिरोधी पोसाक भनेका छन्।
परेवा मानिसको आसपास बस्न रुचाउँछ। घरमा पालिने यो चरो धार्मिकस्थलमा पनि छाडिन्छ। तर परेवा पाल्ने, खुवाउने र मल व्यवस्थापन गर्ने मात्र नभई संसर्गमा पुग्नेलाई पनि फोक्सो संक्रमणलगायत रोगको जोखिम हुन्छ।
काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ। टोखामा अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन्।
चिसो बढेसँगै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप उच्च भएको छ। पछिल्लो एक सातायता अस्पतालका सबै शय्या श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीले भरिभराउ बनेको अस्पताल प्रमुख डा. प्रशा
भारतीय राष्ट्रिय कराँते संघको आयोजनामा भएको प्रतियोगितामा बांग्लादेश, श्रीलंकालगायत भारतका विभिन्न क्षेत्रबाट १०० भन्दा बढी खेलाडी सहभागी छन्।
२२ करोड ५७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने यो सडक खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र पनि गरिने निर्माण कम्पनीले जनाएको छ।
ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ। यस वर्ष पुस १९ गते पर्सागढी २१०औँ विजय महोत्सव आयोजना हुँदैछ।
सल्लेरीगाउँमा ९० परिवारको बसोबास छ। बर्खामा अकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद लागेपछि पानी अभावले सताउने गरेको छ।
थाइल्यान्डको बैंककबाट १७५ यात्रु र ६ जना चालक दलका सदस्यसहित फर्किएको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको थियो।
यसको मतलब यो होइन कि सिंहसँग हाँसीमजाकको भावना नै थिएन। व्यक्तिगत जीवनमा उनी खुलेर हाँस्न सक्थे। बाँकी संसारले उनको त्यो पक्षसमेत देखोस् भन्ने मलाई लाग्थ्यो तर उनी दिलैदेखि गोप्य व्यक्ति थिए।
दिक्तेल रुपाकोट मझुवागढी–१३ की विरस तामाङले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा २०५४ सालदेखि चिया पसल सञ्चालन गरिरहेकी छन्।
आइतबार बिहानदेखि मौसममा क्रमशः सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता गर्ने कार्यक्रम छ।
अत्यधिक सवारी चाप हुने घण्टाघरलगायतका स्थानमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।
मध्यपुरथिमिको सम्पदालाई रोजगारी र आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील बनाउने अवधारणासाथ शुक्रबारदेखि शुरू भएको महोत्सव आइतबारसम्म सञ्चालन हुने छ।