AnonymousUser

Logout

बाढीपछि उजाड बागमती करिडोर [तस्वीरहरू]

असोज दोस्रो साताको बाढी र पहिरोबाट काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बाढी प्रभावित भएका थिए।

दार्जिलिङे चलचित्रयात्रामा ‘लिप्स्टिक गोलाइ’ 

थोरै फिल्मले यस्तो सौभाग्य पाउँछन्, जहाँ मिडियाबाजीले नभएर दर्शकले दर्शक ल्याउँछन्–पठाउँछन्। फिल्म–कथाको तुनाइबुनाइले नै यस्तो सम्भव भएको हो। 

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

काँकडभिट्टा नाकामा परिचालन गरिएको तालिम प्राप्त कुकुरको सहायताले लागुऔषध ओसारपसारसहित अन्य तस्करी रोक्न सहज भएको छ। 

यस्तो रहनेछ शनिबारको मौसम

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा छ। 

एमालेको जागरणसभा : सर्वसाधारणलाई सास्ती, दरबारमार्गको व्यापार प्रभावित

दरबारमार्गमा आयोजित एमालेको जागरणसभाका कारण सर्वसाधारण ट्राफिक जाममा फस्नुका साथै गाडी कम चल्दा उनीहरूलाई गन्तव्यमा पुग्नसमेत सकस भयो। यहाँका व्यवसायी भने व्यापारमा असर पर्दा पसलै बन्द गरेको बताउँछन्।

जागरणसभाका क्रममा फोहोर गरेको भन्दै एमालेलाई १ लाख जरिबाना

काठमाडौँ महागरले जागरणसभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई एक लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरी पत्र पठाएको छ।

‘नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन’

अध्ययनमा पूर्वतयारीबिना योजना राख्दा काम हुन नसकेको, बजेटमै तोकिएका सुधारका कार्यक्रम कार्यान्वयन नभएको लगायतका कारण पुँजीगत खर्च बढाउन कठिन भएको औँल्याइएको छ।

पूर्ण कार्यान्वयनमा आएन नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर यातायात व्यवसायीको ‘सिन्डिकेट’का कारण नयाँबसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न समस्या भइरहेको बताउँछन्।

एक्सप्लेनरः रवि लामिछानेलाई कहिलेसम्म हिरासतमा राखिन्छ, मुद्दा कसरी अघि बढ्छ?

ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा र अरू जिल्लामा समेत अनुसन्धान अघि बढेपछि उनको हिरासत बसाइ र मुद्दाप्रक्रिया थप चासोको विषय बनेका छन्।

आर्थिक सुधार सुझाव आयोगमा निजी क्षेत्रबाट ३ सदस्य थप

सरकारले मंसिर १३ गते काठमाडौँमा हुने सीमा व्यापार तथा निगमका लागि नेपाल–चीन समन्वय संयन्त्रको दोस्रो बैठकको वार्ता तथा छलफलको कार्यसूची पनि स्वीकृत गरेको छ।

निर्वाचन प्रचारमा १० भन्दा बढी झन्डा र चुनावचिह्न प्रयोग नगर्न निर्देशन

प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा साइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सचेत गराएको छ।

उकालो साप्ताहिक ब्रिफिङ: सडक सुरक्षामा नागरिक जिम्मेवारी, दण्डहीनताले निम्त्याएको निराशा

यो साता उकालोमा अर्थतन्त्र शिथिल नै छ कि सुधारोन्मुख?, अमेरिकी राजनीतिमा ‘यहुदी लबी’, सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक सहितका खबर चर्चामा रहे।

‘उत्तर कोरियालाई सेनाको बदलामा रुसको तेल, एन्टी–एयर मिसाइल र आर्थिक सहयोग’

रुसले उत्तर कोरियालाई युक्रेनविरुद्धको युद्धमा सेना पठाएको बदलामा तेल, एन्टी–एयर मिसाइलका साथै आर्थिक सहयोग प्रदान गरेको दक्षिण कोरियाली सरकारी अधिकारीले दाबी गरेका छन्।

जसको २० वर्ष जग्गाको आशामा बित्यो

टीकापुर बहुमुखी क्याम्पसको जग्गामा मुक्तकमैया, सुकुमबासी मात्रै नभई तत्कालीन टीकापुर विकास समितिका कर्मचारीसमेत उचित व्यवस्थापनको आशामा बसोबास गर्दै आएका छन्।

सत्तारुढ एमालेको जागरणसभाले सर्वसाधारणलाई सकस (तस्वीरहरू)

सत्तारूढ दल एमालेले दरबारमार्ग क्षेत्रको सडक बन्द गरी आयोजना गरेको जागरणसभाका कारण सर्वसाधारणलाई आवतजावतमा सकस भएको छ।

स्वास्थ्य सेवा ऐन ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन प्रक्रिया अघि बढाएको छ।

जनशक्ति नहुँदा प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन

दक्ष जनशक्ति नभएपछि चार वर्षदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आईसीयू सेट प्रयोगमा आउन सकेका छैनन्।

गौरिया धानको माग बढ्दो, खेती भने घट्दै

नयाँ जातका धानको खेतीमा किसानको आकर्षणसँगै म्याग्दीमा गौरिया, गुडुरा, आँगा, घैयालगायत स्थानीय रैथाने जातका धानको खेती घटेको छ।

तोलामा १ हजार ५०० रुपैयाँले बढ्यो सुन, चाँदी घट्यो 

बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाली वस्तु निर्यातमा भारतीय अवरोध जारी, सरकारको बाटो हेर्दै उद्योगी

नेपालले दुग्धजन्य पदार्थको आयात रोकेपछि त्यसलाई खोल्न घुमाउरो दबाब दिन नेपालबाट हुने सिमेन्ट, जस्तापातालगायत वस्तु निर्यातमा चार महिनायता भारतले अवरोध गरिरहेको छ।