AnonymousUser

Logout

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो। 

पाकिस्तानमा बसमा गोली चल्दा ४२ जनाको मृत्यु

पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा बिहीबार बन्दुकधारीले गोली चलाएका हुन्। आक्रमणको जिम्मा कसैले लिएको छैन।

‘गाउँले एफएम दाइको तरकारी आयो है…’

तरकारी बेच्न वरपर ठूलो बजार छैन। डौंसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्‍याउँछन्।

वर्षा, नदी र जमिन: कहाँ चुक्यौँ हामी?

नदीको पानी प्रयोग गर्न नसक्दा ‘नदी खेर गयो’ भन्ने गरेको सुनिन्छ। तर नदी त हजारौँ वर्षदेखि बगिरहेको थियो। बग्नु नै नदीको प्राकृतिक स्वभाव र कर्म हो।

मुस्ताङमा बगेर खेर गइरहेछ ‘भोटको नुन’ 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने नुनखानी उपभोग हुन सकेको छैन। कुनै समय ‘भोटको नुन’का रूपमा चिनिने यहाँको खानी बेवारिसे बनेको छ।

देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने सम्भावना छ।

दोस्रो किस्ता भुक्तानी नहुँदा पहिरोपीडितको आवास निर्माण अलपत्र

संखुवासभाको सिलिचोङ–१ बेसिन्दाका पहिरोपीडितलाई आवास निर्माणको पाँच लाख ५० रुपैयाँ तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएको थियो। उनीहरूले हालसम्म ५० हजार रुपैयाँ मात्र भुक्तानी पाएका छन्।

हवाई भाडा अनुगमन गर्न पर्यटन मन्त्रालयले बनायो कार्यदल

अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न पर्यटन मन्त्रालयले कार्यदल गठन गरेको छ।

नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति

सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्डसम्बन्धी विवादमा पुनः सुनुवाइ हुने भएको छ।

इजरायली प्रधानमन्त्री, पूर्वरक्षामन्त्री र हमास नेताविरुद्ध पक्राउ पुर्जी

आईसीसीले युद्ध अपराधको आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, पूर्वरक्षामन्त्री ग्यालान्ट र हमासका नेता डेफविरुद्ध पक्राउ पुर्जी जारेको छ।

‘फिल्म देखाउन, हेर्न र चर्चाका लागि नेपाल उर्वर भूमि’

‘अखबारमा लेख्ने एक हुल पत्रकारले शुरू गरेको फिल्म फेस्टिभल आज आएर विज्ञहरूसँग फिल्म मेकिङबारे जान्ने, बुझ्ने अवसर बनेको छ।’ 

मेडिकल कलेज तथा अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न परिपत्र

स्वास्थ्य मन्त्रालयले सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ।

नेपाली यू१९ टोलीले जित्यो कर्नाटकविरुद्धको सिरिज

कर्नाटकविरुद्धको पाँच खेलको एक दिवसीय सिरिज नेपाली यू१९ टोलीले जितेको छ।

सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक

कतिपय देशमा विद्यालय तहदेखि सडक सुरक्षा शिक्षा दिइन्छ भने कतै यस्तो शिक्षा दिन ‘ट्राफिक पार्क’ बनाइएको छ। तर नेपालमा ट्राफिक प्रहरीकै जिम्मामा छाडिएको सडक सुरक्षा शिक्षा औपचारिकतामा सीमित छ।

उपत्यकामा ३ जना मृत भेटिए 

काठमाडौँ उपत्यकामा बिहीबार तीन जना मृत भेटिएका छन्।

राजस्व संकलन करिब १७ प्रतिशतले बढ्यो

चालु वर्षको ४ महिनामा तीन खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् ८० प्रतिशत राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।

राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका छन्। 

नेप्से परिसूचक ३१ अंकले घट्यो, ८ अर्ब २५ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ को बिन्दुमा सीमित भएको छ।

अलैँचीको मूल्य उच्च विन्दुमा, प्रतिमन १ लाख ७ हजारसम्ममा बिक्री हुँदै

फुङ्लिङमा बिहीबार अलैँची गुणस्तरका आधारमा प्रतिमन एक लाख सात हजार रुपैयाँसम्ममा खरिदबिक्री भइरहेको व्यवसायीले बताएका छन्।

रारा गाउँमा ३ करोडको सिमी उत्पादन

जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा गत वर्षको तुलनामा यस वर्ष करिब ८० प्रतिशतले उत्पादन वृद्धि भएको हो।