कोशी, मधेश, बागमती र कर्णालीका थोरै तथा गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको प्रहरीले लामिछानेलाई अझै एक महिना हिरासतमै राख्न सक्छ। सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढे हिरासत अवधि अझै लम्बिन सक्छ।
स्याङ्जाको चापाकोटमा शनिबार दिउँसो बम विस्फोट हुँदा एक जना घाइते भएका छन्।
नागरिक एपमा ट्राफिक नियम उल्लंघन कोलममा कसुर र जरिबाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिबाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ।
पर्यटन दिवसका अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा धिमे बाजामा एक हजार कलाकारले नृत्य प्रदर्शन गरेका छन्।
ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ।
वैदेशिक रोजगार विभागका अनुसार असोजमा युरोपेली मुलुक रोमानिया क्रोएसिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको संख्यामा पनि वृद्धि भएको छ।
कुनै समय फिल्मका पारखी न्युरोड, महाबौद्ध र ठमेल पुगी सीडी, भीसीडी तथा डीभीडी बटुल्थे। हलमा नचल्ने सिनेमा मात्र नभई हलमा जान नचाहने दर्शका लागि पनि यी सामग्री विकल्प थिए। कहिले र कसरी हरायो यो प्रविधि?
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ।
कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ।
क्षमताभन्दा बढी यात्री बोकेकाले जिप दुर्घटना भएको प्रहरीको अनुमान छ।
इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाइएको छ। इजरायलले भने हालसम्म घटनाको जिम्मेवारी लिएको छैन।
पञ्चायतको पछिल्लो दशकमा रुदाने ‘रापसरु’मा प्रकट भए अर्थात्, राष्ट्रिय पञ्चायत सदस्य रूपचन्द्र। परन्तु उनको ‘तहल्का’ पञ्चायतभित्र मात्र सीमित भएन र व्यक्तिगत आयाम व्यापक फराकिलो भयो।
सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन किसानले सरकारसँग माग गरेका छन्।
युक्रेनी बालबालिकाको गैरकानूनी निर्वासनका कारण आइसीसीले गत वर्ष पुटिनको गिरफ्तारीको लागि पक्राउ पुर्जी जारी गरेको थियो।
दरबारलाई संग्रहालयका रूपमा विकास गर्न थालिएको छ। दरबारभित्र राजाहरूले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफालगायत सामग्री संग्रहित गरिएको छ।
सडक ११ मिटर फराकिलो बनाएर डीबीएसडी प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का लागेको थियो।
पहिलो पटक आमा बन्दा म धेरै खुशी भएँ तर मेरो खुशी अन्धविश्वासको महामारीले खोसिदियो। रोग लाग्दा आधुनिक चिकित्सालयभन्दा धामीझाँक्रीकहाँ धाउने अभ्यास महामारी हो यो समाजको।
अन्नपूर्ण गाउँपालिका–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ।
कोशी र बागमतीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।