दमास्कसमा यसै साताको शुरूमा इजरायलले गरेको आक्रमणबाट घाइते भएका रिभोल्युसनरी गार्डका एक इरानी सैन्य अधिकारीको मृत्यु भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ।
यस वर्षको मनसुन अवधिमा १५ प्रतिशत र गत वर्षभन्दा २७ प्रतिशत बढी वर्षा भएको छ। हिमालपारिको मुस्ताङमा पनि लगातार सरदरभन्दा धेरै वर्षा हुन थालेको छ।
प्राधिकरणले एनभीभीएनलाई उपलब्ध गराएको बिजुली भारतीय संरचना प्रयोग गरेर बांग्लादेश पुर्याउनेछ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको हो।
मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान भाषाविद् प्राडा. योगेन्द्रप्रसाद यादवलाई र मदन पुरस्कार ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनालीलाई प्रदान गरेको छ।
कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकाहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन्।
बडादशैँ
बडादशैँ बिहीबार शुरू भएको छ। पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ। काठमाडौँको हनुमानढोका दरबारस्थित दशैँ घरमा पनि विधिवत् रूपमा जमरा राखिएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी
जापानको मियाजाकी विमानस्थलमा दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम विस्फोट हुँदा ८० भन्दा बढी उडान रद्द भएका छन्।
मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुईदेखि तीन दिन हिँडाएर ल्याइएका च्याङ्ग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ।
गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकाबाट दुई हजार १५८ जना, कोशीबाट ९०, मधेशबाट ३५, सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ।
डेंगीबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ। महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार ८४८ जनामा संक्रमण पुष्टि भएको छ।
शिक्षणको माध्यम भाषा मातृभाषा हुँदा बालबालिकाले सजिलोगरी बुझ्न र सिक्न सक्छन्। छिटो संज्ञानात्मक र बौद्धिक विकास हुन्छ। उच्च शैक्षिक सफलता दरसहित अतिरिक्त लाभका रूपमा मातृभाषाको विकास हुन्छ।
जंगलबाट घाँस काटेर घर फर्किने क्रममा हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङलाई हात्तीले आक्रमण गरेको हो।
संसद् बैठकदेखि सार्वजनिक कार्यक्रमसम्म खासगरी माओवादी, एमाले र रास्वपाका सांसद आफ्नो नेतृत्वको भक्तिगानमा लागेको सुनिन्छ। संसद्को विशेष समयमा समेत नेतृत्वको अस्वाभाविक प्रशंसा गरिरहेका हुन्छन्।
सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रूपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको बताए।
पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुंगा–मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका छन्। वर्षाले छियाछिया बनेको बेनेको सडकमा सवारीको चापसँगै दुर्घटनाको जोखिम पनि बढेको छ।
बागमती गाउँपालिका–६ को घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेको सम्झनामा मात्रै छ।
सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाडौँ आवागमन शनिबारदेखि अवरुद्ध थियो।
रविले जतिसुकै प्रयास गरे पनि उनी जोडिएका गैरकानूनी गतिविधिको मुद्दा अदालतमा ढिलोचाँडो चल्ने निश्चित छ। गगनलाई गाली र सत्तालाई सराप्दैमा उनले पक्कै उन्मुक्ति पाउँदैनन्।
कोशी, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।