संसद्मा अहिले डिजिटल हाजिरी छ तर बैठक चल्दाचल्दै टाप कस्ने सांसदको कमी छैन। आफूले बोल्ने दिन पनि पालो सकिएपछि अरूको भनाइ सुन्ने धीरता सांसदहरूसँग छैन, बैठक अन्तिमतिर पुग्दा हल रित्तो भइसक्छ।
अमेरिकी पर्यटकलाई लिएर जंगल यात्रामा भएका वरिष्ठ नेचर गाइड ठाकुरबाबा नगरपालिका–९ बर्दियाका मनमोहन चौधरीको मृत्यु भएको हो।
बाढीमा बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव शुक्रबार बिहान फेला परेको छ।
युक्रेनी संसद्ले रिक्त विदेशमन्त्री पदमा एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको हो। सिबिहाले उपस्थित ३१५ सांसद्मध्ये २५८ को समर्थन प्राप्त गरे।
लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुमखण्ड र बागलुङ–बुर्तिबाङखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।
व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन्। बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ।
तिज पर्व मनाउँदै गर्दा महिलाहरू सचेत भएर निरंकुशताविरुद्ध, समाजमा महिलामाथि हुने हिंसाविरुद्ध, सामाजिक रूपान्तरण र चेतनाका गीत गाउन थालेका छन्।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
साइबर झगडामा युवा सक्रिय हुनुको साटो गम्भीर अध्ययन र अन्य रचनात्मक काम गर्न सके कति जाति हुन्थ्यो? आफ्नो ऊर्जा र समय जनताको वास्तविक समस्या समाधान गर्न सार्थक पहलतर्फ लगाए कति गजब हुन्थ्यो?
कुँडुलेदेखि मालिका जाँदै गरेको मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ–४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको हो।
बाढीपहिरोका कारण मध्यपहाडी लोकमार्गका सडक अवरुद्ध हुँदा यात्रु बीचमै अलपत्र परेका छन्। दिक्तेल–हलेसी सडकमा पर्ने खहरेखोला थुनिएर बस्तीमा बाढी पस्दा किरातचोकका होटल तथा पसलमा क्षति पुगेको छ।
मन्त्रिपरिषद् बैठकले किसानसँग लिएको दूधको बक्यौता रकम तिर्ने प्रयोजनका लागि डीडीसीलाई ६० करोड रुपैयाँ उपलब्ध गराउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई नियुक्त गरेका छन्।
पर्व
इन्द्रजात्राको तयारी शुरू भएसँगै काठमाडौँका कोर क्षेत्रका सडक मर्मत धमाधम भइरहेको छ। बाटोका खाल्डो पुर्ने र मिलाउने काम भइरहेको हो। हरेक वर्ष इन्द्रजात्राको पूर्वसन्ध्यामा काठमाडौँ महानगरले सडक गर्दै आएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी
साइबर झगडामा युवा सक्रिय हुनुको साटो गम्भीर अध्ययन र अन्य रचनात्मक काम गर्न सके कति जाति हुन्थ्यो? आफ्नो ऊर्जा र समय जनताको समस्या समाधान गर्न सिर्जनात्मक र सार्थक पहलतर्फ लगाए कति गजब हुन्थ्यो?
पोखरा बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन्। टिकट काउन्टर पनि बाहिरी सडकमा छन्।
शिक्षामन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई परराष्ट्र मन्त्रालयको स्वीकृति लिएर अभिभावकको अनुमतिमा मात्र जान दिने बताएकी छन्।
भारतको कान्छो ‘यूनियन टेरिटोरी’मा सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म हुने निर्वाचनबाट ९० विधायक छानिने छन्। हिन्दू बहुल जम्मुमा भाजपा र मुस्लिम बहुल कश्मीरमा एनसी वा एआईपीको पल्ला भारी हुने अनुमान छ।
युक्रेनसँग अल्पकालीन मागका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्ताबेजका आधारमा वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।
बिहीबार नेप्से परिसूचक १२ अंकले घटेर २७२७ को विन्दुमा कायम भएको छ भने नौ अर्ब ६५ करोडको शेयर कारोबार भएको छ।