AnonymousUser

Logout

सिक्किमको राजनीति: साबिक पार्टीबाट विद्रोह गर्नेहरूको सत्तारोहण

३२ सिट रहेको सिक्किम विधानसभामा एसकेएम एक्लैले ३१ सिट ल्याएको छ। बाँकी एक सिट मात्रै एसडीएफले जितेको छ। २५ वर्ष मुख्यमन्त्री रहेका त्यसका नेता पवन चाम्लिङले दुई ठाउँबाट चुनाव हारेका छन्।

ट्यांकर चालक र सरकारबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र ट्यांकर चालकबीच सातबुँदे मागका सम्बन्धमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठनसहित चारबुँदे सहमति भएको छ।

भारतको पश्चिम बंगालमा २ रेल आपसमा ठोक्किँदा १५ जनाको मृत्यु, ६० घाइते

भारतको पश्चिम बंगालमा सोमबार मालवाहक रेलले यात्रुवाहक कञ्चनजंगा एक्सप्रेसलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

कोशी प्रदेशमा चट्याङबाट १० वर्षमा २५४ जनाको मृत्यु

एक दशकमा कोशी प्रदेशमा चट्याङका ६९८ घटना भएका थिए। त्यसमा २५४ जनाको मृत्यु र ५८७ घाइते भएका छन्।

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बांगियो

विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ।

६ किलो सुनसहित चिनियाँ मूलका नागरिक पक्राउ

पक्राउ परेका चिनियाँ मूलका नागरिक सोनाम गुरुङको घरबाट प्रहरीले ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सीआईबीले जनाएको छ।

प्रतितोला ६०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको छ।

अत्यधिक गर्मीका कारण साउदी अरबमा १४ हजयात्रीको मृत्यु

साउदी अरबमा अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना हजयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जोर्डनका नागरिक रहेका छन्।

सरकारले घोषणा गरे पनि आफ्नो बचत फिर्ता हुने आधार देख्दैनन् सहकारी पीडित

एकै सहकारी सञ्चालकले सयौँ बचतकर्ताको रकम हिनामिना गरेका र ती सञ्चालकको सम्पत्ति बेचेर लाख बचतकर्तालाई रकम फिर्ता गर्न सम्भव नहुने बचतकको तर्क छ। सरकारी घोषणा कागजमै सीमित हुने आशंका उनीहरूमा छ।

निजी पेट्रोल पम्पहरू बन्द, सरकारी पम्पमा पेट्रोल भर्नेको लाइन (तस्वीरहरू)

ट्यांकर चालकहरूले आइतबारबाट विभिन्न माग राख्दै शुरू गरेको आन्दोलनपश्चात निजी पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्रीवितरण रोकेका छन्।

इतिहास रच्ने माैकाबाट चुक्यो नेपाल, बांग्लादेशसँग २१ रनले पराजित

१०७ रनको लक्ष्य पक्ष्याएको नेपाल १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिन पुग्यो।

पहिरो पन्छाएपछि पुन: सञ्चालनमा आयो पृथ्वी राजमार्ग

मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो।

बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ।

हिजो अध्यादेश, आज विधेयक

सत्तासमीकरण जोगाइराख्न ‘हत्तुहैरान’ बनेर लागेका एमाले या माओवादी पार्टीले गिरीबन्धु प्रपञ्चदेखि अबको जग्गा सट्टापट्टा विधेयकबारे केही बोलिहाल्नेछन् होला भन्न मुस्किल छ।

टी–२० विश्वकप: नेपाललाई १०७ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ थालेको बांग्लादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो।

पहिरोले मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो।

यी ४ प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

अहिले काठमाडाैँलगायत देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय रोक्न माग गर्दै रिट

रिट निवेदनमा पहाडी र दुर्गम क्षेत्रका वृद्धवृद्धा जिल्ला सदरमुकाम र इलाका प्रशासन कार्यालय आउन सम्भव पनि नभएकाले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्यमा तत्कालै रोक लगाउन माग गरिएको छ। 

सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले बनायो कार्यविधि

सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि पारित गरेसँगै पहिलो चरणमा सम्बन्धित मन्त्रालय र विभागसँग छलफल गर्ने भएको छ।

कारागारभित्रै हुन्छ लागुऔषध कारोबारः जेल प्रशासन, सुरक्षाकर्मी, नाइके–चौकीदार सँगसँगै

कैदीबन्दीलाई ‘सहयोग पुर्‍याउने’ उद्देश्यले कारागारभित्र नाइके, चौकीदार बनाउने अभ्यास कानूनी रूपमै स्थापित छ। तर कारागार प्रशासन र सुरक्षाकर्मीको आडमा तिनले नै अपराध–धन्दा चलाइरहेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।