'गाउँ आएको बाटो'मा बाटोले नै ‘म्याकगफिन’को रूपमा काम गर्छ। यसले चलचित्रलाई दुई भागमा विभाजित गर्छ: गाउँमा बाटो आउनुअघि र पछि।
नेपालका लागि कुशल भूर्तेलले ४ ओभरमा १९ रन खर्चिँदै ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। ४ ओभर नै बलिङ गरेका उनले २१ रन खर्चिए।
दिउँसो कोशी, बागमती, गण्डकी र मधेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सीटीईभीटीको प्राविधिक प्रशिक्षण भवन, ठिमीस्थित सूचना प्रविधि ल्याबको कम्प्युटरबाट क्रिप्टोसम्बन्धी कारोबार गरेको आरोपमा सीआईबीले २ जनालाई पक्राउ गरेको छ।
आफ्नो मात्र भनाइ राखेका गृहमन्त्री लामिछानेले पत्रकारको प्रश्नको भने उत्तर दिन चाहेनन्। पत्रकारले केही प्रश्न रहेको बताइरहँदा उनी कार्यक्रम समापन भएको घोषणा गर्दै बाहिरिएका थिए।
गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको उपचारका क्रममा मृत्यु भएको छ।
जुद्धोदय स्कुलको जग्गा लिजमा हत्याएर व्यापारी मनोज मिश्रले बनाएको व्यापारिक भवनका सटरहरूमा ताल्चा लगाएको काठमाडौँ महानगर यो प्रकरणमा संलग्नहरूबारे मौन देखिन्छ।
माओवादी केन्द्र संसदीय दलको ‘ह्वीप’ उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका सांसद फणिन्द्र देवकोटा पदमुक्त भएका छन्।
प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने भनिएका पाँच सुरुङमार्गमध्ये बागलुङको बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि यसअघि संघ सरकारबाट बजेट परेर पनि कार्यान्वयन हुन सकेको छैन।
जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जनाएको छ।
यो साता उकालोमा पाथीभरामा चन्द्र ढकालको प्रवेशले निम्त्याएको भिडन्त, गृहमन्त्री र महान्यायाधिवक्ता जोडिएका मुद्दाको उकुसमुकुस, अमेरिकाले किन रोक्छ ‘सेलेब्रिटी’को भिसा? सहितका खबर चर्चामा रहे।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा गए राति पहिरोमा परी घाइते भएका बुबा छोरीको उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
अर्थ मन्त्रालयले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्नका लागि ‘हार्मोनाइज्ड’ (एचएस) कोड कार्यान्वयनमा ल्याएको छ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ लाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण अलपत्रमा परेको छ।
लामो समयसम्म वर्षा नहुँदा र अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट भएको पर्वतका कृषकले गुनासो गरेका छन्।
उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाले जनाएको छ।
छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ४१ हजार ६०० रुपैयाँ रहेको थियो।
ललितपुर महानगर-१८ का किसानलाई दूध बिक्रीमा समस्या छैन, वरिपरिकै माग पुर्याउन मुस्किल छ। तर शहरी क्षेत्रमा गाई पाल्नै मुस्किल छ। यो समस्या बुझेर वडा कार्यालयले थालेको सहयोगबाट किसान खुशी छन्।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।