AnonymousUser

Logout

रातो मच्छिन्द्रनाथको रथयात्रा साउन १७ मा

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ। 

त्रिशूलीमा बस खस्यो: २० जना घाइते, ५ गम्भीर

नेपालगन्जबाट काठमाडौँतर्फ आइरहेको बस कारसँग ठोक्किएपछि नदी किनारमा खसेको हो। बसमा ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा

फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा गरेका हुन्। 

विश्वकप क्रिकेट: बांग्लादेशसँग नेदरल्यान्ड्स पराजित

वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा १६० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड् निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो। 

प्रिन्याटल र पोस्टपार्टम डिप्रेसन: सामाजिक बुझाइ र अभ्यास

संसारका लगभग २८ करोड मान्छेलाई डिप्रेसन छ भने यो समस्या पुरुषको तुलनामा महिलालाई ५० प्रतिशत बढी छ। १० प्रतिशत गर्भवती तथा सुत्केरीमा डिप्रेसनको समस्या छ।

पूर्वी नेपालमा वर्षा, मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी

कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन महाशाखाले आग्रह गरेको छ।

ताप्लेजुङको खेजेनिममा पहिरो: एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

पहिरोले घर बगाउँदा फाक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास साम्रा लिम्बूका बुबाआमा र दुई जुम्ल्याहा बहिनीको मृत्यु भएको वडाध्यक्ष भूपेन्द्र चौलागाईंले जानकारी दिए।

कावासोतीमा नाला बनाउन खाल्डो खन्ने क्रममा पुरिएर २ जनाको मृत्यु, १ बेपत्ता

कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर बिहीबार दुई मजदुरको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

विदेश पठाउने नाममा साढे २ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ

वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देशमा पठाइदिने भन्दै एक हजारभन्दा बढी व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले कन्सल्टेन्सीका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।

४३ जिल्ला न्यायाधीशको कोटामा ८ जना मात्र लिखित परीक्षामा उत्तीर्ण

जिल्ला न्यायाधीशको परीक्षामा २०३ जना सामेल भएकोमा आठ जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका छन्।

जलवायु न्याय तुरुन्तै सुनिश्चित गर्न राष्ट्रपति पौडेलको अपिल

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई लाखौँ मानिसलाई चरम गरिबी र असमानतामा धकेलेको बताएका छन्।

जसपा नेपालको कार्यसमिति चयनको जिम्मा अध्यक्ष यादवलाई

पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिँदै जसपा नेपालको महाधिवेशन सकिएको छ।

सामाजिक सुरक्षा भत्ताका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ।

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढी र कटानको चुनौती

पहिरो, कटान र बाढीका कारण यातायात सेवाका साथै सडक निर्माणको काम प्रभावित बनेको छ। यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्ययभार बढेको योजना प्रमुख ध्रुवकुमार झा बताउँछन्।

पाथीभरामा चन्द्र ढकालको प्रवेशले निम्त्याएको भिडन्त

स्थानीयको विरोधका बाबजुद व्यवसायी चन्द्र ढकालले पाथीभरामा केबलकार निर्माण थालेपछि भिडन्त निम्तिएको छ। प्रहरी तैनाथ गरेर वैशाख ३१ गते राति २ बजे रूख कटान थाल्दा स्थानीय प्रतिकार गर्न पुगेका थिए।

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिबाना

विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।

चितवनबाट विस्थापित हुँदै रेशमखेती

चितवनको माडी क्षेत्रका किसानहरू रेशमखेती छाडेर तरकारीबालीतर्फ आकर्षित भएका छन्।

नेप्से परिसूचक ९.३२ अंकले घट्यो, करिब साढे ६ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा कायम हुँदा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

विधायन समिति सभापति भन्छन्– भूकम्प प्रभावित जिल्लाको पुनर्निर्माणमा सरकारले चासो दिएन

प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले सरकारले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि तदारुकता नदेखाएको बताएका छन्।

विनियोजन विधेयकमाथि खर्च कटौतीका ८ प्रस्ताव प्रस्तुत

विनियोजन विधेयकअन्तर्गत तीन वटा मन्त्रालयको बजेटमाथि छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव पेश भएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।