AnonymousUser

Logout

पेट्रोल–डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ मूल्य घटाएको छ।

पर्यटन विकास आयोजनाका कर्मचारी घुससहित पक्राउ

अख्तियारले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका सब–इन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ।

अकोराबलाई ‘मिडिया च्याम्पियन’ उपाधि

आईटीयूले प्रदान गर्ने डब्ल्यूएसआईएस, २०२४ अन्तर्गत मिडिया विधामा अकोराब च्याम्पियन बनेको छ।

हुरीबतासले पश्चिम नवलपरासीमा विद्युत् अवरुद्ध

हुरीबतासका कारण १३ वटा ट्रान्सफर्मरमा क्षति भएको परासी विद्युत् वितरण केन्द्रका इन्जिनियर रमाशंकर शाहले बताए। 

आन्तरिक आम्दानी बर्सेनि बढाउँदै काठमाडौँ महानगर, यस वर्ष साढे ६ अर्ब उठाउने लक्ष्य

महानगरपालिकाले आन्तरिक आम्दानीका विभिन्न २५ शीर्षकमध्ये घरबहाल करलाई सबैभन्दा ठूलो आर्थिक स्रोत बनाएको छ। त्यसबाहेक सम्पत्ति कर र व्यवसाय करबाट पनि महानगरले राम्रो आम्दानी गरिरहेको छ।

इजाजतप्राप्त व्यक्तिले हतियार बोकेर हिँड्न यात्रा अनुमति लिनुपर्ने

यात्रा इजाजत प्राप्त गरेका हातहतियारसमेत तोकिएका स्थानमा लैजान नपाउने गरी निषेध गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

कृषि तथा पशुपक्षी बीमाको रकम बढाउन सांसदको माग

सांसदले कृषिका ८० प्रतिशत रैथानी बीउ हराइसकेकाले त्यसको खोजी गरी संरक्षण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।

त्रिविको सम्पत्ति खोजबिन गर्न शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन

समितिले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गा, चलअचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्नेछ। 

यो वर्ष किन चाँडै भित्रिँदैछ मनसुन?

‍यो वर्ष सरदर दिनभन्दा एक हप्ताअघि नै मनसुन शुरू हुने देखिएको छ। बंगालको खाडीमा उत्पन्न भएर पूर्वबाट भित्रिने मनसुन देशको पश्चिमी भागसम्म पुग्न भने १५ देखि २० दिनसम्म लाग्नेछ।

ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवक बनाउने निर्णयविरुद्ध रिट

ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिलाई स्वयंसेवक बनाउने कार्य तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।

काठमाडौँमा कला तथा सांस्कृतिक उत्सवको माहोल (तस्वीरहरू)

यो हप्ता काठमाडौँमा एक साथ कला तथा संस्कृतिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू भइरहेका छन्। ती कार्यक्रमका केही झलक तस्वीरमा प्रस्तुत गरेका छौँ:

सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

मुगुको सोरु गाउँपालिका–७ अन्तर्गत दाक्च-ख्याल्च सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ।

जलवायु परिवर्तनले निम्त्याएको संकटबाट हिमाल बचाउन पहल थाल्नुपर्नेमा जोड

जलवायु परिवर्तनले निम्ताएको विभिन्न असरका कारण हिमाली क्षेत्रको अस्तित्व नै संकटमा परेको भन्दै सरोकार भएकाले असर न्यूनीकरणका उपायसम्बन्धी कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन्।

संसदीय समितिबाट अभिलेख संरक्षण विधेयक

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ सर्वसम्मत रूपमा पारित गरेको छ।

गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालय १ हप्ता बन्द

गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष वेदप्रकाश ढकालले जानकारी दिए।

राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, बिहान ६ बजेदेखि लाइन बस्दा पनि आउँदैन पालो

पालिकाहरूले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको गरेका छन्। यसले प्रशासन कार्यालयमा परिचयपत्र बनाउनेको भिड बढेको छ। 

तोलामा १ लाख ४२ हजार २०० पुग्यो सुनको मूल्य 

लगातार उकालो लागिरहेको सुनको मूल्यमा शुक्रबार एकैदिन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर उच्च मूल्यको रेकर्ड बनेको छ। 

संरक्षण अभावमा जीर्ण बने गौश्वारका प्राचीन सम्पदा

१९७८–७९ सालमा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुंगाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुंगेघर संरक्षण अभावमा जीर्ण भएका हुन्।

गलकोटमा शुरू भयो धान रोपाइँ, उत्पादन बढ्ने किसानको अपेक्षा

बागलुङमा बढी धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा धान रोपाइँको चटारो शुरू भएको छ।

शान्ति सैनिक भुपजीत राईलाई मरणोपरान्त राष्ट्र संघको सम्मान

राष्ट्र संघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको पदक राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे।