दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेसनले दिउँसो साढे दुई बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको छ। यो दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो।
विद्यार्थी भिसामा जापान जाने धेरैले सपिङ स्टोरमा वा खाना प्याकिङ र यातायात सम्बन्धी काम गर्छन्। जापानले विद्यार्थी भिसालाई सहज बनाए पनि २८ घण्टाभन्दा बढी काम गर्न अनुमति नहुँदा कतिपयले समस्या भोग्छन्।
बुधबार एक विज्ञप्ती जारी गर्दै उपमहानगरपालिकाले बिहीबारदेखि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने सरकारी लक्ष्यसमेत चुनौतीपूर्ण भएको चेम्बरले जनाएको छ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा बुधबार पाँच हजार ६४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो।
५६ कम्पनीको शेयरमूल्य बढ्दा चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै सर्वोच्चले सोमबार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। यसका लागि नगरपालिकाले घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिकता दिएको छ।
तापक्रम वृद्धिका कारण हिमाल पग्लिँदाको असर समुद्रतटीय देशमा समेत पर्ने भएकाले हिमालको मुद्दामा सहकार्य गर्नुपर्ने आवाज जलवायुको क्षेत्रमा क्रियाशील वैज्ञानिक र सम्बन्धित देशका प्रतिनिधिले उठाएका छन्।
प्यालेस्टिनी जनताको स्वतन्त्र राज्यको अधिकारसहित आत्मनिर्णयको अधिकारलाई पुष्टि गर्नेबारे यही मे १० को राष्ट्रसंघीय महासभाको प्रस्तावपछि मान्यता दिने क्रम बढेको हो।
तरकारीखेती, पशुपालन, दुग्ध व्यवसाय, सीपमूलक तालिम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित होमस्टे, सडकको पहुँच, जडीबुटी तथा वन पैदावारले ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको छ।
सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगतिबारे समीक्षा भएको न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहने छ।
प्रदेश संरचनाहरू अपेक्षाअनुसार दौडिन सकेका छैनन्, त्यसमा कर्णाली प्रदेश झन् पछाडि छ। प्रायः विकट भूभागयुक्त यो प्रदेश १०औँ राष्ट्रिय खेलकुदका पूर्वाधार निर्माणबाट आत्मविश्वास आर्जन गर्न जुटिरहेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।
कैलालीमा गर्मीका कारण विद्यालयमा दिउँसो पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको छ। तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो।
यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ।
भारतको ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ। यसले मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ।
चाखलाग्दो के छ भने भर्खरै ‘टिनेज’ कटेका ती युवकले आफ्नै आमाका अघि निर्धक्क घरमा केटी साथीहरू निम्त्याउने र ‘गुप्तवास’समेत बस्ने गरेको उनकै सहपाठीहरूले बताए।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण भएको क्षतिबाट ध्वस्त संरचना पुनः निर्माणका लागि २१ अर्ब ६० लाख रुपैयाँ छुट्याइएको छ।