AnonymousUser

Logout

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर

सर्वोच्च अदालतले गण्डकीमा ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति गर्न आदेश दिएको छ।

स्वर्णलक्ष्मी सहकारी बचत हिनामिना : संस्थामा समस्या आउँदा सञ्चालकहरू रातारात जग्गा किनबेचमा

गोर्खा मिडियामा स्वर्णलक्ष्मीको मात्रै ८० करोड अपचलन भएको बचतकर्ताको दाबी छ। लगानीमाथि प्रश्न उठ्न थालेपछि जीबी राईले स्वर्णलक्ष्मीको अध्यक्ष बनेर आर्थिक हिनामिना गरेको त्यहीँका कर्मचारी बताउँछन्।

विकल पौडेल अमेरिकाको पीआर लिएको मुद्दामा पनि दोषी ठहर

झूटा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन्।

‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा ‘रेमल’ चक्रवातको प्रभावबाट कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्ण बदली रहनेछ।

आन्तरिक छलफलपछि कांग्रेस नेताहरू बालुवाटारमा

कांग्रेस नेताहरू बुढानीलकण्ठमा आन्तरिक छलफलपछि सरकारीसम्बन्धी संसदीय छानबिन समिति गठनका सम्बन्धमा थप कुराकानी गर्न बालुवाटार पुगेका छन्।

यार्सा सिजन शुरू भएसँगै सुनसान भयो तातोपानी नाका

सिन्धुपाल्चोकको पूर्वी भेगका बासिन्दा चिनियाँ नागरिकसँग मिलेर यार्सागुम्बा संकलनका लागि चीन र नेपालको उच्च लेकमा पुगेपछि तातोपानी नाका सुनसान भएको छ।

बांग्लादेशमा आँधीले १० जनाको मृत्यु, ३० हजार आवास पूर्ण रूपमा क्षतिग्रस्त

‘रेमाल’ नाम दिइएको चक्रवातले आइतबार राति तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छाल ल्याएको थियो। 

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

गृहमन्त्रीलाई निलम्बनको माग गर्दै सर्वोच्चमा रिट, प्रारम्भिक सुनुवाइ बुधबार

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने, उनीविरुद्ध मुद्दा छैन भनी महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

नयाँ सडक खुम्च्याउने काठमाडौँ महानगरको निर्णयविरुद्ध प्रदर्शन

नयाँ सडकलाई खुम्च्याएर फुटपाथ बढाउने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल  गर्न बाँकी

रोयल्टी बक्यौताको ब्याज तथा हर्जना सम्बन्धमा कानूनी व्यवस्था गरी रोयल्टी रकम असुल  गर्नुपर्ने महालेखापरीक्षणको सुझाव छ। 

सदन प्रतिपक्षकै ‍हो

संसद्‍मा अवरोध गरिरहँदा प्रतिपक्षी सांसद वा त्यसको प्रतिरोध गरिरहँदा सत्तापक्षका सांसदले मर्यादा नाघेको हो कि भन्ने छनक पाउनेगरी असभ्य भाषा प्रयोग हुन थालेको छ।

हरेक साल ३० करोड बालबालिका अनलाइन यौन शोषणको सिकारः रिपोर्ट

मे २७ मा प्रकाशित उक्त अनुसन्धानका अनुसार प्रत्येक आठौँ बालबालिका इन्टरनेटमा यौन शोषणको सिकार भएका छन्।

चार सवारीसाधन दुर्घटनाः मृत्यु हुनेको संख्या दुई पुग्यो

नारायणग–ढमुग्लिन सडकखण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ।

गिरीबन्धु टी–इस्टेटबारे तत्कालीन भूमिसुधारमन्त्री मैनाली– ‘निर्णय मैले गरेको हुँ, मनमोहनलाई किन गाली?’

गिरीबन्धु टी–इस्टेटको ५१ बिघा जग्गा साटफेर गर्न २०५२ सालमा आफूले मन्त्रीस्तरको निर्णय गरेको भन्दै तत्कालीन भूमिसुधारमन्त्री राधाकृष्ण मैनालीले त्यसको दोष मनमोहन अधिकारीलाई दिन नमिल्ने बताएका छन्।

रुपन्देहीमा १० महिनामा बन्द भए २०७ उद्योग

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अनुसार चालु आवको वैशाखसम्ममा त्यहाँका २०७ उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्।

झन्डै २ लाखमा परीक्षण गर्दा १ हजार ५ सय भन्दा बढीमा एचआईभी संक्रमण

नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय भन्दा धेरैमा एचआईभी एड्स संक्रमण रहेको पाइएको छ।

रफाहमा इजरायली आक्रमणः शिविरमा बसेका प्यालेस्टिनी ज्युँदै जले 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार राति रफाहमा रहेको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको र सयौँको संख्यामा मानिसको हताहती भएको जनाएको छ।

मुगुको डोल्फु गाउँँमा हतियारधारी समूहद्वारा लुटपाट

गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा संकलन गर्न गएको समयमा लुटपाट गरिएको हो।