पक्राउ परेकी अपुलाले कोकिन मिसिएको क्याप्सुल निलेर पेटभित्र लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।
१७औँ शताब्दीतिर युरोपका कैयौँ राष्ट्रमा आर्थिक अवस्था जर्जर हुँदा केही त्यस्ता पात्रहरूको उदय भएको थियो, जसले त्यहाँका जनतालाई धर्म र चमत्कारको मायाजालमा पारेका थिए।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारीसाधन एकापसमा ठोक्किएका छन्।
नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ।
प्रतियोगिताभर ठूलो रन बनाएको हैदरावादको टोली आईपीएल फाइनलको इतिहासमा सबैभन्दा कम स्कोरमा सिमित भएको छ। पूरै टोली १८.३ ओभरमा ११३ रनमा आउट भयो।
धार्चे गाउँपालिका–३, उहियाँस्थित यारुनजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।
काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।
विरोध
काठमाडौँ– माग सुनुवाइ नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गरेका छ। तीन दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहेको अभियानमा सहभागीहरूले सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै आइतबार कार्यालय घेराउका साथै ज्ञापनपत्र बुझाएका छन्। चुरे पहाड दोहन, उत्खनन र वन जंगल फडानीले समस्यामा परेको भन्दै मधेशका विभिन्न जिल्लाबाट २३ जनाको टोली २५ दिन पैदल हिँडेर बिहीबार काठमाडौँ आइपुगेको थियो।
काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीसहित चार जनालाई एक महिना कैदको आदेश दिएको छ।
अछामको रामारोशन गाउँपालिकाका धेरै विद्यालयमा भौतिक पूर्वाधार र शिक्षक अभाव छ। तर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले फर्जी बिलबाटै राफसाफ गरेका छन्।
गत वर्ष १७१ स्थानीय तहले ऐन मिचेर स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी सरकारी ढुकुटीबाट नौ करोड १५ लाख रुपैयाँ खर्चिएका छन्।
बंगालको खाडीमा बनेको शक्तिशाली आँधी आउने चेतावनीपछि आइतबार बांग्लादेशका जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा नदीजन्य पदार्थको ठेक्का लगाउँदा आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेका मादी–१ सिक्लेसका वडा अध्यक्ष देवीजंग गुरुङ बताउँछन्।
प्रतिवेदनअनुसार संघ, प्रदेश, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। अद्यावधिक बेरुजु गत वर्षभन्दा १४.०५ प्रतिशतले बढेको छ।
महाशाखाले आगामी केही दिनसम्म तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
उच्च नोक्सान भएका ५ सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग र नेपाल टेलिभिजन छन्।
आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ को बिन्दुमा कायम भएको छ।
अर्थमन्त्री पुनले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान रहेको बताए।
पछिल्लो ६ महिनायता नाकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘किट’समेत उपलब्ध नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए।