AnonymousUser

Logout

संरक्षण गर्न भन्दै डोजर लगाइएपछि सुके बागलुङका ताल

संरक्षणका लागि भन्दै डोजर लगाइएपछि जैमिनी–३ मा रहेको गाजाको दह (ताल), ढोरपाटन–९ मा रहेको रुद्रताल, काठेखोला–४ मा रहेको खोरताल र तमानखोला–२ मुठाचौरस्थित बराहताल सुक्न थालेका छन्।

‘मैले गिरीबन्धु टी–इस्टेटको जग्गा प्रतिबिघा ७५ लाखमा ३८ बिघा किनेको हुँ’ : विष्णुकुमार राई (जग्गा व्यवस्थापक)

गिरीबन्धुका मुख्य सञ्चालक छत्र गिरीको सबैतिर पहुँच छ। केपी ओली, शेरबहादुर देउवा, कोसँग राम्रो छैन? छत्रले शेरबहादुरलाई दाजु, आरजुलाई भाउजू भन्छन्। उनले प्रचण्डसँग खिचेको फोटो मलाई पठाएका थिए।

‘पेटगाला’को रेडकार्पेटमा कुकुरको 'क्याटवाक' (तस्वीरसहित)

ती कुकुरले मेटगालाका सेलिब्रेटीको झैं पहिरन गरेका थिए। त्यसैले, यस कार्यक्रमले मेटगालाको मजाक उडाएको आलोचना पनि भएको छ।

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

भियतनामको एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु

भियतनामको राजधानी हनोइको साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

केन्द्र सरकारलाई पानीको समस्या सुनाउन मधेशदेखि काठमाडौँ

दिनप्रतिदिन चुरे मासिँदै जाँदा मधेशमा पानीको हाहाकार हुन थालेपछि केन्द्र सरकारको ध्यानाकर्षण गराउन काठमाडौँसम्म आउनुपरेको अभियानका सदस्य दीपक यादव बताउँछन्।

४ पटक म्याद थप्दासमेत सकिएन दैजी–जोगबुढा सडक निर्माण

कञ्चनपुरबाट डडेलधुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले छोटो पर्ने सडक निर्माण नसकिँदा स्थानीयले सास्ती खेप्नुपरेको छ।

नेपालमा ओमिक्रोनको नयाँ सबभेरियन्ट पुष्टि

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमित ४२ जनाको जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।

नवलपरासीमा फागुनयता मरे ३ पाटेबाघ

नवलपरासीमा फागुनदेखि जेठ ९ गतेसम्म तीन पाटेबाघ मृत फेला परेका छन्।

गगन–रवि, जिदान–माटेराजी

गाउँ–गाउँमा बाटो र बिजुली पुग्दैमा, केबल टेलिभिजन र मोबाइल फोन र इन्टरनेट पुग्दैमा आर्थिक सुधार हुने होइन। यी त पुँजी सिध्याउने साधन पनि हुन्।

डेंगी ५७ जिल्लामा फैलियो, सचेतना अपनाउन आग्रह

डा. गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको जानकारी दिए।

सहकारी छानबिन समितिको कार्यादेशमा जुटेन सहमति, बैठक शुक्रबार पुनः बस्ने

कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको एमालेको संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ।

भारतीय निर्वाचन : सीमा क्षेत्रमा यस्तो देखियो प्रभाव (तस्वीर)

भारतमा जारी लोकसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाका बन्द गरिँदा सवारीसाधन चल्न पाएका छैनन् भने भारत जानेहरू पैदल हिँडेर सीमा पार गर्ने गरेका छन्।

बालमन्दिर जग्गा प्रकरण: २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको दुई साता बित्यो, कोही पक्राउ परेनन्

बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा सीआईबीले १४ दिनअघि पक्राउ पुर्जी लिए पनि कोही समातिएका छैनन्। सीआईबीस्रोत भन्छ, ‘गृहमन्त्रीकै ग्रिन सिग्नल पाएनौँ।’

बुद्ध प्रतिमाको नगर परिक्रमा (तस्वीर)

बौद्ध धर्मावलम्बीले २५६८औँ बुद्धजयन्तीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुर थिमिमा बुद्ध प्रतिमाको नगर परिक्रमा गराएका छन्।

पर्व

बुद्धम् शरणम् गच्छामी

देशभर विभिन्न कार्यक्रम तथा पूजा अर्चना गरी बिहीबार २५६८औँ बुद्ध जयन्ती मनाइँदैछ। यस अवसरमा काठमाडौँको बौद्ध स्तुपामा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।\r\n\r\n

‘इम्बोस्ड’ नम्बर प्लेटमा खेलाँची, नियम लागू भए पनि आएन कार्यान्वयनमा

सरकारले यातायात व्यवस्था कार्यालयमा दर्ता भएको वा हुन लागेको सबै सवारीमा ‘इम्बोस्ड’ नम्बर अनिवार्य गरेको छ।  तर सवारीसाधनका अधिकांश प्रयोगकर्ता यसबारे बेखबर छन्। 

यारीगाउँको अरनिको प्राविमा २ विद्यार्थी पढाउन ३ शिक्षक

बालविकासको पढाइ सकिएलगत्तै अभिभावकले विद्यार्थीलाई अन्यत्रै पठाउने गरेकाले १ देखि ५ कक्षामा विद्यार्थी भर्ना नभएका प्रधानाध्यापक हरिनारायण चौधरीको भनाइ छ। 

रारा जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते

बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।

रारा विमानस्थलमा जहाजको ठक्करबाट कर्मचारी घाइते

घाइते कर्मचारीलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ।