AnonymousUser

Logout

कहाँ ‘हराए’ प्रहरीका ११ सय बन्दुक र जेलबाट भागेका ८ हजार कैदीबन्दी?

जेनजी आन्दोलनका नाममा प्रहरीबाट लुटिएका इन्सास, एसएलआरलगायत करिब ११ सय बन्दुक र कारागारबाट भागेका ८ हजारभन्दा धेरै कैदीबन्दीबारे सरकार नै बेखबर बन्दा समाज अपराधको भुंग्रोमा पर्ने जोखिम बढेको छ।

तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा शुक्रबारदेखि खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

जलेश्वर कारागारबाट भागेका २३३ कैदीबन्दी फर्किए, ३४३ जना अझै फरार

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले भदौ २४ गते साँझ करिब ७ बजे कारागारका तीन वटा ढोका फोडेर सबै कैदीबन्दीलाई भगाएका थिए।

मन्त्री बनाउन ७ जनाको नाममा छलफल, गुनासोपछि अड्कियो निर्णय

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बनाउन अगाडि सारेका सात जनामध्ये केही नाममा गुनासो आएपछि मन्त्रिपरिषद् विस्तार आजै हुने/नहुने टुंगो लागेको छैन।

फिलिपिन्समा ‘बाढी नियन्त्रण’ भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन

फिलिपिन्सको झण्डा बोकेका प्रदर्शनकारीहरूले 'अब अति भयो, तिनीहरूलाई जेलमा हाल' भन्ने नारासहितका ब्यानर लिएर अनियमिततामा संलग्नहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

नेप्से परिसूचक १११ अंकले बढ्यो, ९ अर्बमाथिको कारोबार

आइतबार नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको छ।

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग साँझसम्म खुल्ने

सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नभएका खण्डमा साँझसम्म मुग्लिन–नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउने गरी काम भइरहेको जानकारी दिए।

'लामो समयदेखि अलपत्र परेका आयोजनाका ठेक्का तोडिनेछ'

मन्त्री कुलमान घिसिङले कुनै पनि व्यवसायीप्रति पूर्वाग्रह नराखी, तर अलपत्र परेका र लापरबाहीले बिग्रिएका आयोजनाका ठेक्का तोड्ने स्पष्ट पारेका छन्।

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

सात दिनपछि खुल्यो बागलुङ-बरेङ सडक

बागलुङ नगरपालिका-८ सिगानामा सडक माथिबाट खसेको पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो।

बेलायत र पोर्चुगलले प्यालेस्टिनी राज्यलाई मान्यता दिने, इजरायलको आपत्ति

इजरायलले गाजामा बमबारी जारी राखेको छ। लामो समयदेखि इजरायलको सहयोगी रहँदै आएका राष्ट्रहरू यही कारण आफ्नो नीतिमा परिवर्तन गर्न थालेका छन्।

तोलामा १ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

धुवाँ र खरानीबाट उठाउने प्रयासः सिंहदरबारमा पसिनाले भिजेका कर्मचारी

आगोले सिंहदरबारको छाना ह्वांग छ, भित्ताका कतिपय भाग भत्किएका छन्। ठडिएको भाग पनि कालै छन्। भुईंमा जलेका इँटा, फलामका टुक्रा र खरानीको थुप्रो छ। त्यहीँ भेटिए पसिना बगाइरहेका कर्मचारी।

ठेकेदारको लापरबाहीले मार्तडी–कोल्टी सडकको बिजोग

असारदेखि अवरुद्ध मार्तडी–कोल्टी सडक असोज पहिलो सातासम्म पनि सञ्चालनमा आउन सकेको छैन। मर्मतमा कुनै निकायले चासो देखाएका छैनन्।

हुम्लामा राष्ट्रिय सडक सञ्जाल जोडिएपछि खच्चड हराउँदै

सडक निर्माण र यातायातको पहुँच पुगेसँगै कम समय र लागतमा धेरै काम हुने भएकाले खच्चड व्यवसाय बिस्तारै लोप हुँदै गएको स्थानीयले बताएका छन्।

सुतीको फरियाको सन्देश

आफ्नो स्वतन्त्रता, स्वच्छन्द उडान, कर्म र मिहिनेतबाट देशको प्रधानन्यायाधीश हुँदै प्रधानमन्त्री भएर इतिहास रचेकी महिलाको सरल पहिरनले लोकलाई पक्कै ठूलो सन्देश दिइरहेको छ।

पुर्ख्यौली पेसा संकटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

केही वर्षअघिसम्म तीज, दशैँ, तिहारलगायत चाडपर्वमा मादल बनाउन भ्याइनभ्याइ हुने गरेको थियो। अहिले भने मादलको माग फाट्टफुट्ट मात्रै हुने गरेको छ।

मनसुनी वायुको प्रभाव कमजोर, पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीसहित देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ।

दशैँ–तिहारमा सुरक्षाका लागि काठमाडौँमा ४ हजारभन्दा बढी प्रहरी खटाइँदै

काठमाडौँ उपत्यकामा दशैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन तथा अप्रिय घटना हुन नदिन चार प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

अझै पन्छाउन सकिएन तुइन खोलाको पहिरो

सडक खुलाउन मुग्लिनबाट तीन र नारायणगढबाट दुई गरी पाँचवटा साधन परिचालन गरिए पनि शनिबार साँझ ६ः३० बजे फेरि ठूलो पहिरो खसेपछि काम रोकिएको छ।