हमासले इजरायलको लगातारको स्थल र हवाई आक्रमणले गाजामा रहेका बन्धकहरूको सुरक्षामा खतरा बढेको बताएको छ।
'जेनजी' आन्दोलनका क्रममा देशभरका २८ कारागार र नौ बालसुधारगृहबाट भागेका आठ हजारभन्दा बढी कैदीबन्दी अझै फरार रहेका छन्।
'जेनजी' आन्दोलनका क्रममा भएको चोरीको घटना अनुसन्धानका क्रममा प्रहरीले सुनचाँदीका गहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ।
चाडपर्व नजिकिएसँगै रोजगारीका लागि भारत गएकाहरू घर फर्कन थालेका छन्। भिसाको आवश्यकता नपर्ने र काम पाउन पनि सजिलो हुने भएकाले सुदूरपश्चिम प्रदेशका धेरै युवा रोजगारीका लागि भारत जाने गरेका छन्।
अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापानलगायतका देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।
ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायत युरोपका प्रमुख विमानस्थलहरूमा शनिबार ‘साइबर-सम्बन्धित अवरोध’ देखिएको छ।
मधेश प्रदेशसभाको बैठक असोज ७ गते मंगलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ।
बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए।
‘इन्टरनेट, सामाजिक सञ्जाल आएसँगै मिथ्या सूचना फैलिने गति अझ बढेको मात्रै हो। तर, यो अहिलेको मात्र समस्याजस्तो देखिए पनि सामाजिक सञ्जाल नहुँदा पनि मिथ्या सूचना फैलिरहेकै थियो।’
नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलाको पहिरो तत्काल हटाएर यातायात सञ्चालनमा ल्याउन, तातोपानी नाका जोड्ने मुख्य सडक पनि दशैँअगावै सञ्चालनमा ल्याउने गरी काम गर्न सडक विभागलाई निर्देशन दिइएको छ।
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई नौ अर्ब ८० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।
विशेष अधिवेशनले बजेटमा भएका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडास्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ।
नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेका छन्।
उद्योग विभागले सार्वजनिक गरेको साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको छ।
विस्थापित परिवारलाई आपत्कालीन आश्रय, पोषणयुक्त खाना, सफा पिउने पानी र औषधोपचारको खाँचो देखिएको छ। गाजामा पुग्ने राहत सामग्री अहिले पनि आवश्यक मात्राभन्दा निकै कम छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध छ।
जेनजी आन्दोलन
जेनजी आन्दोलनको उथलपुथलले सरकार–संसद् विघटन भएर गैरदलीय अन्तरिम चुनावी सरकार बनेको छ, दलहरू दर्शकदीर्घामा पुगेका छन्। यो आन्दोलनमा प्रियजन गुमाएका परिवार–आफन्त भने सोधिरहेछन्– हामीलाई न्याय कहिले मिल्छ?
निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल बजेट नहुँदा अलपत्र परेको छ। बजेट नभएको बताउँदै ठेकेदारले काम गरेका छैनन्।
झापामा घर निर्माण सकेर बाबुआमालाई पनि लैजाने कुरा कमलले परिवारसँग गरेका थिए। परिवारको मियो नै ढलेपछि न झापाको घर निर्माण सम्पन्न हुने भयो, न त बाबुआमालाई झापा लैजाने कुरा नै।
विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दाबी भएको छ। नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रीया शीघ्र निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ।