पक्राउ
काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रदर्शन गरेका छन्। सो क्रममा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए। माइतीघरलाई काठमाडौँ प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको छ।
उनले कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापनतर्फ लाग्न कृषि विकास बैंकलाई सुझाव दिएका छन्।
सम्झौतामा कल्याणकारी हितको लागि भनेर प्रति नेपाली कामदार ४५ अमेरिकी डलर थप तिर्नुपर्ने उल्लेख छ।
तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सब डिभिजन वन कार्यालय लम्कीले जनाएको छ।
आयोगकी अध्यक्ष कमला पराजुलीले विद्यालय तहका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराइन्।
पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री किरातीले भाषा संग्रहालय पनि स्थापना गर्ने बताएका हुन्।
‘दर्शकले मसला मिक्स, डाइलग, पन्चलाइन भएका फिल्म आशा गरिरहेको बेला वैकल्पिक धारका फिल्म केही ढिला गतिका हुन्छन्। ७०–८० मिनेटभन्दा लामा आर्ट मुभीले दर्शकलाई बाँधिराख्न सक्दैनन्।’
उक्त सुन ती व्यक्ति आफैँले ल्याएका हुन् या सुन ल्याइदिनका लागि कसैको भरिया भएका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएपछि उनीमाथि अनुसन्धान अघि बढ्न सक्ने संकेत गत पुस १६ मा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीले गरेका थिए।
आइतबार नेप्से २५.६३ अंकले घटेर दुई हजार १३०.१८ विन्दुमा पुगेको छ।
महानगरले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरेपछि करदाता बढेको जनाएको छ।
उनले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको पनि बताए।
जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधि पनि उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ।
विश्वकपमा नेपाल र न्युजिल्यान्डको यो तेस्रो भेट हो। यसअघि भएका दुवै खेलमा नेपाल विजयी भएको थियो।
कम्तीमा ७ महिनालाई वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चितिको लक्ष्य भए पनि हालको जगेडाले ११.८ महिनालाई पुग्छ। ठूला आयोजनामा ती विदेशी मुद्रा प्रयोग गर्न भने सरकार चुकिरहेको विज्ञहरू बताउँछन्।
देशभरका ८० गाउँपालिका र ११० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खाली छन्। ८० गाउँपालिका र ५० नगरपालिका निमित्तको भरमा छन्।
मल्लरानी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि जिपलाइन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। यहाँ चिल्डेन पार्क, वनभोजस्थलसमेत बनाउँने तयारी छ।
भरतपुर र नारायणगढ क्षेत्रको शहरी सौन्दर्यलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तार गरिएको हो।
असंलग्न आन्दोलनका सिद्धान्त र यसका मूल्य तथा मान्यता हाम्रा लागि महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।
पेण्डुवाले श्रीमतीको हत्यापछि अवस्था बुझ्न पुगेका स्थानीय मिना थापा र शिला चौधरीलाई पनि रडले हानेर घाइते बताएका छन्।