AnonymousUser

Logout

प्युठानले दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिँदै

नगरलाई दूध तथा दुग्धजन्य वस्तुमा आत्मनिर्भरताका लागि दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहित गर्न दूधमा प्रतिलिटर दश रुपैयाँ अनुदान दिने नीति ल्याइएको नगरप्रमुख विष्णु योगीले जानकारी दिए।

केन्द्रीय अस्पतालका लागि तत्काल १६ हजार दरबन्दी आवश्यक : स्वास्थ्यसचिव

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख विशेषज्ञसहित पाँच जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको बताए।

फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कालीगण्डकीका घाट

मोदीवेणी नृसिंहधाम व्यवस्थापन समितिका अध्यक्ष केशवदास वैरागीले प्लास्टिकसम्बन्धी फोहोर बढी रहेकाले समस्या भएको बताए।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआएकोप्रति राष्ट्रपतिको चासो

राष्ट्रपति रामचन्द्र पौडेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण रूपमा सञ्चालनमा नआएकोप्रति चासो व्यक्त गरेका छन्।

रतनपुरका रामलाल, सिरसाका रामरहिम

जंगलमा कात्तिकदेखि शुरू भएको भिडभाड पुसको उत्तरार्धदेखि घट्दै गइरहेको थियो। फागुनमा रामलाल टोड्कोबाट हराए। केही समयपछि चारकोसे झाडीकै हलखोरिया दहनेर ‘प्रकट’ भएको खबर आयो।

हिउँले टल्कने सोलुखुम्बुका हिमाल कालापत्थरमा परिणत हुँदै

सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, नुत्से, पुमरी, आमादब्लम, कोंगदेजस्ता चर्चित हिमालमा हिउँको मात्रा कम हुँदै गएको नाम्चेका लामाकाजी शेर्पाको अनुभव छ।

प्रधानमन्त्री कप: सूर्यको ह्याट्रिक विकेटप्रेरित बागमतीको पहिलो जित

प्रधानमन्त्री कपअन्तर्गत मंगलबार सम्पन्न तेस्रो खेलमा बागमतीले मधेश प्रदेशलाई ८६ रनले पराजित गरेको छ। बागमतीका सूर्य तामाङले ह्याट्रिकसहित सर्वाधिक ६ विकेट लिए।

नेप्सेमा ५४ अंकको वृद्धि, ८ अर्बमाथिको कारोबार

मंगलबार नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ को विन्दुमा कायम भएको छ। पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

रोमाले गर्‍यो मोउरिन्होलाई बर्खास्त

इटालियन सिरी 'ए' क्लब एसी मिलानसँग पराजित भएसँगै रोमाले मुख्य प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ।

निफको सातौँ संस्करण चैतमा, ४० देशका ८८ फिल्म देखाइने

प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनीसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन हुने आयोजकको भनाइ छ। 

परिवारका सदस्यप्रति थिएन भरोसा, आफैँले गरे आफ्नो मृत्यु संस्कार

उनको परिवारका सदस्यहरू पनि मृत्यु भोजमा सहभागी थिए।

प्रधानमन्त्री कप : अंक तालिकामा पुलिस दोस्रो स्थानमा उक्लियो

कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै १६९ रन बनायो।

दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नेताहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराएका छन्।

‘वाइडबडी’ जहाज बिग्रिएर अलपत्र परेका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पठाइँदै

जहाज ग्राउन्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन्। रोकिएका यात्रुलाई मंगलबार साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

कोरिया जान तम्तयार युवा भन्छन्– ‘कम खर्चमा गएर राम्रो कमाइ गर्न सकिने देश रहेछ’

आफू र आफ्नो परिवारको भविष्य बनाउने सपना लिएर कोरिया जान ‘बायोमेट्रिक’को लाइनमा उभिएका अधिकांश २५ वर्षमुनिका युवा छन्। कमाइ राम्रो हुनुका साथै सुरक्षित देशका रूपमा कोरिया रोजेको उनीहरूले बताए। 

चिकित्सक र कर्मचारी आन्दोलित भएपछि बीपी प्रतिष्ठानको सेवा प्रभावित

सहमतिअनुसार व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रिनु परेको प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष डा. प्रदीप आचार्यले बताए। 

महोत्तरी–जनकपुर रेलभित्र लडेर १ जनाको मृत्यु

लोहरपट्टी नगरपालिका–४ पिपराढीका ५० वर्षीय रामएकवाल पण्डितको रेलको बोगीभित्रै लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

वीरगन्ज महानगरले तिरेन २७८ खानेपानी धाराको महसुल, लाइन काट्ने तयारी

सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको छ।

मेला लाग्न छाडेसँगै ओझेलमा हतुवागढीको ‘माइबेनी’

माइबेनीलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने हतुवागढी गाउँपालिकाको योजना छ।

काठमाडौँ उपत्यकाका ५३ वटा भवन र ४ पुल भूकम्पीय उच्च जोखिममा

अध्ययनले काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेको देखाए पनि सरकारले ती संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाएको छैन।