अध्ययनले काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेको देखाए पनि सरकारले ती संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाएको छैन।
बागलुङमा वर्थिङ सेन्टर रहेका २२ स्वास्थ्य संस्थामा प्रसूति प्रतीक्षा घरको व्यवस्था गरिएको छ। जहाँ सुत्केरी र कुरुवालाई खाना खाने र बस्ने प्रबन्ध छ।
रिभोलुसनरी गार्डले इराकको एर्बिल विमानस्थल नजिकै तीन अमेरिकी ड्रोनलाई खसालेको छ। विस्फोटपछि विमानस्थल बन्द गरिएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट भारतीय नम्बरप्लेटको जिप त्रिशूलीमा खसेको छ।
सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ।
बोनमाटीले स्पेनलाई महिला विश्वकप र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेकी थिइन्।
एकीकृत बस्ती व्यवस्थापन तथा एकीकृत सेवासुविधामा जोड दिने हो भने ग्रामीण अर्थतन्त्रका धेरै चुनौतीहरू न्यूनीकरण हुन सक्ने देखिन्छ।
कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ।
घाइतेहरूलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीको भनाइ छ।
पर्यटकहरूको सूचना व्यवस्थापनका नाममा उठाइएको रकम ‘ट्रेकिङ एजेन्सी’हरूले नक्कली कागज बनाएर भुक्तानी लिने गरेको पाइएको छ। उनीहरूको यस्तो काममा ती एजेन्सीहरूको छाता संगठन ‘टान’ले सघाइरहेको छ।
प्रधानमन्त्री दाहालले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति बनाउने विषयमा आफू सोचेजस्तो सफल हुननसकेको बताए। पूर्वी नेपाललाई किरात प्रदेश बनाउने प्रयास पनि पूरा नभएको उनको भनाइ छ।
माघी मनाउने क्रममा टुँडिखेलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा आठ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री कपमा आर्मीले मधेश प्रदेशलाई १२६ रनले पराजित गर्दै विजयी शुरूआत गरेको छ। आर्मीका विनोद भण्डारीले शतकीय इनिङ्स खेलेका छन्।
भारतबाट रेल, बस र निजी सवारीसाधनमा आउने यात्रुलाई स्वास्थ्य सहायता कक्षमा एन्टिजेन विधिबाट परीक्षण गरी भित्रिन दिने गरिएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए।
लुम्बिनीले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले २९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
साउनदेखि पुससम्म सरकारले ६ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा ७७.१४ प्रतिशत मात्र उठाउन सकेको छ।
दुई वटा कार्यक्रम एकै स्थानमा हुँदा ट्राफिक प्रहरीलाई सवारीसाधन व्यवस्थापनमा समस्या भएको छ भने सुन्धारा क्षेत्र हुँदै यात्रा गर्नेहरू लामो जाममा फसेका छन्।
कोशीले दिएको १३५ रनको लक्ष्य एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
देश र जनताका पक्षमा काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएको बताउँदै प्रधानमन्त्री दाहालले कार्य सम्पादनमा कमजोर हुने मन्त्रीलाई हटाउने चेतावनी पनि दिए।