AnonymousUser

Logout

उद्योगमा तत्काल बिजुली जोडिने, छानबिन गर्न उच्चस्तरीय आयोग गठन

मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा कटिएको विद्युत् लाइन तत्काल जोड्ने र महसुल विवादबारे थप छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने निर्णय गरेको छ।

कोशीको सभामुखमा अम्बरबहादुर विष्ट निर्वाचित

कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्।

२०.६२ अंकले बढेको नेप्सेमा ८ कम्पनीको शेयर मूल्यमा सर्किट

मंगलबार आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विकास बैंकको शेयर कारोबार बढेको देखिएको छ।

द्वन्द्वपीडितले गरे ‘जनयुद्ध दिवस’ खारेजीको स्वागत

उनीहरूले ‘जनयुद्ध दिवस’लाई मान्यता दिन नमिल्ने सर्वोच्चको आदेशका कारण नेपालको भविष्यतर्फको यात्रामा थप एक कदम सहज भएको उल्लेख गरेका छन्।

एन्फा यू१६ लिग : एपीएफमाथि संकटाको फराकिलो जित

मंगलबार संकटाले एपीएफमाथि ७–१ गोल अन्तरले जित हात पारेको छ।

विदेशी पर्यटकलाई गड्डाचौकीबाट भारत प्रवेश गर्न रोक

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोना संक्रमणको नयाँ भेरियन्टसँगै भारतीय पक्षले प्रवेशमा रोक लगाएकाले पर्यटकको चहलपहलमा कमी आएको बताए।

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै ऋण दिने व्यवस्था गरौँ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउनसमेत निर्देशन दिएका छन्। 

राष्ट्रियसभा उम्मेदवार छनोटमा कांग्रेसभित्र असन्तुष्टि, देउवाले समावेशिता र मापदण्ड मिचेको आरोप

राष्ट्रियसभा निर्वाचनका लागि मधेशमा पहाडिया समुदायका उम्मेदवार उठाएको, पटकपटक अवसर पाएकालाई नै समेटेको र मापदण्ड मिचेर एकलौटी गरेको भन्दै कांग्रेस सभापति देउवासँग इतर समूह असन्तुष्ट बनेको छ।

४७ किलो चाँदीसहित ३ जना पक्राउ

बाराको कलैया–१० का ५० वर्षीय कामेश्वर शाह, बिश्रामपुर–५ का २० वर्षीय मनिष सरार्फ र पर्साको वीरगन्ज–३ का ३२ वर्षीय सुमनकुमार सरार्फलाई काठमाडौँको कोटेश्वर र भोटेबहालबाट पक्राउ गरिएको हो।

बचतकर्ताको १ अर्ब हिनामिना गरेको अभियोगमा सहकारी सञ्चालक पक्राउ

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारीका सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चिसो बढेपछि खुम्बु क्षेत्रमा विकास निर्माण ठप्प

गाउँपालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो गर्ने योजना, खुम्जुङ छिर्ने मुख्यद्वार निर्माण, गुम्बा रङरोगन  योजनालगायतका काम रोकिएका छन्।

अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपालको जित

नेपालको यू१९ टोलीले स्कटल्यान्डलाई १३५ रनले हराएको छ। नेपालका गुलशन झाले ११५ बलमा ११४ रन बताए।

महोत्तरीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले बाक्लो हुस्सुका कारण एक अर्कालाई नदेख्दा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

म्याग्दीको सिंगा ठूलोखोलामा सामूहिक आलुखेती

म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्ष ८०० रोपनीभन्दा बढी जमिनमा खेती गरिएको छ।

आप्रवासीबारे विवाद बढेपछि फ्रान्सेली प्रधानमन्त्रीको राजीनामा

विदेशी नागरिकलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानून राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको छ।

दिक्तेलमा सामुदायिक विद्यालय सुधार्ने अभियान, टोल–टोलबाट सुझाव संकलन गरिँदै

सहभागीले शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, आवासीय शिक्षा, अभिभावक शिक्षा, समय सान्दर्भिक पाठ्यक्रम लागू गर्नुपर्नेलगायत सुझाव दिएका छन्।

बाँदर हाम्रा पुर्खा होइनन्, नातेदार हुन्

पृथ्वीमा जीवन आरम्भको एक अभूतपूर्व र अद्वितीय घटना घट्यो। तत्पश्चात् जे जति प्राणी अस्तित्वमा थिए वा छन्,  ती सबै त्यही आदिम पहिलो पुर्खाबाट फैलिएका हुन्।

जाम्बियामा हैजाबाट २२२ जनाको मृत्यु, १० मध्ये ७ प्रदेश प्रभावित

जाम्बियामा गत वर्षको अक्टोबरमा फैलिएको हैजाको महामारीबाट हालसम्म पाँच हजार ४६२ जना संक्रमित भएका छन्। 

तराईमा बिहानैदेखि हुस्सु, कोशी, गण्डकी र कर्णालीको हिमाली भूभागमा हिमपातको सम्भावना

देशभर चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस वर्ष धान उत्पादन ४.३३ प्रतिशत बढ्यो, खेती हुने जमिन घट्यो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको जनाएको छ।