AnonymousUser

Logout

अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

किन जुर्मुराए ‘जेनजी’, कहाँबाट जुटे आन्दोलनमा?

‘नेपो बेबी’ ट्रेन्डकै बीच सरकारले विभिन्न २६ सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरिदियो। जेनजी पुस्ताले यसलाई सरकारले आफ्नो कमजोरी लुकाउन सामाजिक सञ्जाल बन्द गरेको बुझे, त्यसपछि शुरू भयो आन्दोलनको तयारी।

रुसी हवाई आक्रमणबाट युक्रेनको प्रमुख सरकारी भवनमा क्षति

रुसी आक्रमणका कारण युक्रेनको राजधानी किभस्थित मन्त्रिपरिषद् भवनको छतमा आगलागी भएको थियो।

ठाकुरराम क्याम्पसमा नक्कली परीक्षार्थी पक्राउ

कांग्रेस क्षेत्रीय सभापति महमद साहबुद्दिनको साटो उनका छोरा अफताबले परीक्षा दिइरहेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको ठाकुरराम बहुमुखी क्याम्पस प्रशासनले जनाएको छ।

६८ करोड खर्च गरेर बनाइएका शीतभण्डारः उपयोगमै छैनन्

लुम्बिनी प्रदेश सरकारको अनुदानमा बनाइएका शीतभण्डारमध्ये अधिकांश चालु हालतमा छैनन्। हचुवामा बनाइएका यी शीतभण्डारले किसानलाई राहत होइन, धोका दिइरहेका छन्।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाद्वारा राजीनामा दिने घोषणा

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पदभार सम्हालेको एक वर्ष नपुग्दै पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

नेप्से परिसूचक ११.५२ अंकले घट्यो , करिब साढे ४ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ को विन्दुमा कायम भएको हो।

म्याग्दीमा करिब १ अर्बको आलु र सुन्तला बिक्री

म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुन्छ।

हाटबजार विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका

हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिट्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिप्लिकानलगायत दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको छ।

जेलेन्स्कीले अस्वीकार गरे मस्कोमा भेट्ने पुटिनको प्रस्ताव, किएभमा आमन्त्रण

सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले युक्रेनमा एक हजार ३०० भन्दा बढी ड्रोन, करिब ९०० निर्देशित बम र करिब ५० प्रकारका मिसाइल प्रहार गरेको जेलेन्स्कीको भनाइ छ।

लगनखेलका अतिक्रमित संरचनामा डोजर [तस्वीरहरू]

अतिक्रमित स्थानमा रहेको न्हुः पोखरी जिर्णोद्वार तथा पुनर्निर्माणका लागि महानगरले विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको छ।

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको २ लाख १२ हजार रुपैयाँ पुगेको छ।

काठमाडौँ–हेटौँडा जोड्ने ७ सडकः अधिकांशमा पहिरोकै डर

काठमाडौँबाट बागमती प्रदेशको राजधानी हेटौँडा जाने सडकको विकल्प धेरै छन्, तर अधिकांशमा वर्षायाममा पहिरोकै डर छ। यी सडक स्तरोन्नति र मर्मतको काम सुस्त छ।

मुक्तिका १७ वर्ष: अझै पूरा भएन मुक्त हलिया पुनर्स्थापना

हलिया मुक्तिको घोषणा भएको लामो समय भइसक्दा पनि अझै सबै मुक्त हलियाको पुनर्स्थापना भने हुन सकेको छैन। उनीहरू कष्टकर जीवन जिउन बाध्य छन्।

म्याग्दीका क्याम्पसमा विद्यार्थी संख्या निरन्तर ओरालो

विद्यार्थीहरू कक्षा १२ सकेपछि रोजगारीसँगै आम्दानी गर्ने अवसर खोज्दै ठूला शहरका क्याम्पसमा भर्ना भएर तयारी गर्ने र उच्च शिक्षा पूरा नहुँदै विदेश जाने क्रम बढेको छ।

कोशी र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको मौसम पूर्वानमान महाशाखाले जनाएको छ।

कलकत्ता र दिल्लीबाट कोही किन टोपी लगाएर आउँछ?

मार्क्सले धर्मलाई अफिम भनेका थिए तर भाषा र जातको गलत व्याख्या पनि एक प्रकारको अफिम नै रहेछ। त्यसकै नाममा चुनावी शिकार खेल्न दिल्ली र कलकत्ताबाट आइपुग्छन् खेलाडीहरू।

बागलुङमा १ करोड लगानीमा खुल्यो साबुन उद्योग

साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौँबाट खरिद गरेर ल्याउने गरिएको छ। उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन्।

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान ठप्प

इलाम नगरपालिका–९ मा रहेको विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन। उडान नियमित रूपमा गर्न इलामवासीले माग गरेका छन्।