AnonymousUser

Logout

अमेरिका पठाइदिने भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

उनले मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भन्दै वैदेशिक रोजगारीको प्रलोभन देखाएका थिए।

गोंगबुमा पाँच घण्टाः यौनकर्मीका ग्राहक खोज्न नाबालक, पैदलयात्रीलाई लुटिने सन्त्रास

एकैछिन सडक किनारामा उभियौँ। होटलमा बास बस्दा ‘यौनकर्मी पाइने अफर’ लिएर एकपछि अर्को नाबालक आइरहे। यसरी ‘डिल’ गरिरहेकाहरू प्रहरीको बाइक वा भ्यान आउँदा गल्लीभित्र बेपत्ता भइहाल्थे।

प्रधानमन्त्री कप: सुदूरपश्चिम र बागमती प्लेअफ नजिक

जारी प्रतियोगितामा सबै टोलीले ५/५ खेल खेलिसक्दा एपीएफले शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।

टेरामक्स खरिद प्रक्रियाको अनुसन्धान चाँडै सक्न अख्तियारलाई संसदीय समितिको निर्देशन

टेरामक्स खरिद प्रक्रियामा गडबडी भएको १५ बुँदे निष्कर्ष निकाल्दै यसको अनुसन्धान प्रक्रिया चाँडै टुंग्याउन आयोगलाई निर्देशन दिएको हो।

गोर्खालीले २५ वर्ष शासन गरेको पिथौरागढ किल्ला

तत्कालीन गोर्खाली सेनाले विशाल नेपाल निर्माणको अभियानलाई पश्चिमतिर विस्तार गर्ने क्रममा अंग्रेज शासकलाई पराजित गरेर यो किल्ला आफ्नो कब्जामा लिएका थिए।

विदेश तथा शान्ति सेनामा जानेले अब ३ दिनमै 'ड्राइभिङ लाइसेन्स' पाउने

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नागरिक र शान्ति मिसनमा जाने नेपाली सेना एवम् नेपाल प्रहरीले तीन कार्यदिनभित्र लाइसेन्स पाउने विभागले जनाएको छ।

ठगी अभियोगमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

उनी कास्कीको सहकारी रजिस्ट्रारको कार्यालयमा सेवारत हुँदा एक करोड भन्दा धेरै रकम ठगी प्रकरणमा मुछिएका थिए।

जाजरकोट भूकम्प प्रभावितलाई फेकनद्वारा ५ लाख सहयोग

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले जाजरकोट भूकम्प प्रभावितको आवास पुनर्निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ।

१७ अंकले घट्यो नेप्से, ५ अर्ब २४ करोडको कारोबार

बुधबार म्युचुअल फन्ड समूह ०.५३ र निर्जीवन बीमा समूह १.१६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ।

शिक्षक–विद्यार्थी मिलेर कोदो काटिदिएको समाचारले सहयोगीहरूलाई यसरी जोड्यो

बालज्योति स्कुलमा कतैबाट आएको सहयोग कसलाई आवश्यक छ भनेर विद्यार्थीहरू स्वयंले मूल्यांकन गरी वितरण गर्छन्। प्रयोगात्मक शिक्षण, विद्यार्थीकेन्द्रित सिकाइलगायत कारण विद्यार्थीले विद्यालय छाड्दैनन्।

देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्रका तानाबाना बुनिरहेका छन्ः माधव नेपाल

प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण गर्ने काम फेरि शुरू गरेकाले राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता पनि नेपालले औँल्याए।

ओस्कार विजेता चलचित्र 'प्यारासाइट'का अभिनेता लि सन आफ्नै कारभित्र मृत भेटिए

उनले आत्महत्या गरेका हुन् या मृत्युको अरु नै कारण हो भन्नेबारे अझै पुष्टि नभएको प्रहरीले जनाएको छ।

साफ यू१९ महिला च्याम्पियनसिप: नेपालको पहिलो खेल बंगलादेशसँग

प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र नेपाल भिड्नेछन्। नेपालले दोस्रो खेल फ्रेबुअरी ४ मा भुटान र अन्तिम खेल भारतसँग फ्रेबुअरी ६ मा खेल्ने छ। 

८४ पूजाको खर्च कटाएर विद्यालयलाई ४ लाख सहयोग

म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटका घनमाया पुन र उनका परिवारले ८४ पूजामा हुने खर्च कटाएर गाउँको विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन्। 

उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि दक्षिण कोरियाले लगायो प्रतिबन्ध

प्रतिबन्धमा परेका व्यक्तिलाई पूर्वअनुमति बिना दक्षिण कोरियाली नागरिकसँग विदेशी मुद्रा र वित्तीय कारोबार गर्न रोक लगाइएको छ। 

प्रधानमन्त्री कप: एपीएफ र कोशीको जित

एपीएफले दिएको १६१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो।

प्रमुख शहरमा सन्देशसभा गर्ने समाजवादी मोर्चाको निर्णय

बालुवाटारमा बसेको मोर्चाको बैठकले ७७ वटै जिल्लामा मोर्चाका जिल्ला कमिटी गठन गर्ने र प्रमुख शहरमा सन्देशसभा गर्ने निर्णय गरेको छ।

जागिरमा खाएको गालीले जन्माएको ‘लाफिङ सेन्टर’ (तस्वीर–कथा)

युवायुवती आधादेखि एक घण्टासम्म पालो पर्खेर बिनुले बनाएको लाफिङ खान्छन्। एउटा सानो शटरबाट शुरू भएको पसल विस्तार भएर अहिले पूरै घर नै 'लाफिङघर'मा बदिलएको छ।

आधुनिक प्रविधिले सुध्रिँदै इलामको अलैँचीखेती

अलैँचीको मूल्य पनि गत वर्षभन्दा तीन गुणाले बढेको छ। गत वर्ष यो सिजनमा प्रतिमन २८ हजार थियो। अहिले ८० हजारसम्ममा बिक्री भइरहेको छ।

टर्कीको अवरोध हटे स्विडेनले नाटोको सदस्यता पाउने

मंगलबार टर्की संसद्को एक समितिले नेटोमा सामेल हुने स्विडेनको प्रस्तावलाई अनुमोदन गरेको छ। नाटो सदस्यताको बदलामा, स्वीडेनले ईयूमा सामेल हुने टर्कीको प्रयासलाई समर्थन गर्नेछ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।