पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपका बजारमा माग बढिरहेको व्यवसायी बताउँछन्। पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
निजी क्षेत्रले सामाजिक सुरक्षा कोषजस्ता रकम संकलन हुने कोषको सम्पूर्ण रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुन सके अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने बताएको छ।
आइतबार उच्च अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ।
ढुंगानाले घरेलु तथा साना उद्योगसम्बन्धी ऐनमा धेरै अस्पष्टताहरू रहेकाले यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
अनलाइनबाट दर्ता भएका एक हजार ३२१ उजुरीमध्ये छलफल विधिबाट ४३८ वटा उजुरी पीडितको पक्षमा फर्छ्योट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए।
अर्थमन्त्री डा. महतले ठूलो लगानीलाई मात्रै नहेरी रोजगार सिर्जना गर्ने, उत्पादनका क्षेत्रमा मद्दत पुर्याउने, छिमेकी देशबाट धेरै उद्योग व्यवसाय ल्याउनेलाई मध्यनजर गर्दै काम गर्ने तयारी गरिएको बताए।
आइतबार छ्याङ्दी हाइड्रोपावर, भगवती हाइड्रोपावर, विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
२० वर्षयता ‘ग्रिनिङ’ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्नेजस्ता समस्या किसानले झेल्दै आएका छन्।
शुक्रबार प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख १६ हजार ९०० रुपैयाँ पुगेको छ।
चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ। त्यति क्षेत्रफलमा वार्षिक २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन हुन्छ।
मुख्यमन्त्री कार्कीले समानुपातिक र प्रत्यक्षतर्फ सांसदलाई मर्का नपर्ने गरी प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई समेटिने गरी बजेट ल्याएको दाबी गरे।
सरकारले उठाउनुपर्ने कर बक्यौता र निर्धारण भएको कर रकममाथि मुद्दा मामिलामा जाने करदाताको संख्या बढ्दै गएपछि त्यसको असर वार्षिक राजस्व असुलीमा देखिएको छ।
यो वर्ष एक लाख रुपैयाँको मखमली फूलका माला विदेश निर्यात भएको छन्। माला निर्यात हुने देशहरूमा अस्ट्रेलिया, अमेरिका, खाडी मुलुक रहेका छन्।
तीनवटै तहका सरकारको सार्वजनिक खर्च व्यवस्थापन तथा विकास बजेट प्रभावकारी कार्यान्वयनका लागि यो कार्यक्रमले मद्दत पुर्याउनेछ।
सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठन गरिएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको सुझाव’ अनुसार सरकारले यस्तो निर्णय गरेको हो।
बेनी–जोमसोम सडकमार्गका अलावा पोखरा–जोमसोम हवाईमार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए। मुक्तिनाथको रानीपौवाका होटेल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको जानकारी दिए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि महेन्द्रनगरमा मात्रै केन्द्र राखेको छ। ग्रामीण भेगका किसानलाई खाद्यसम्म धान पुर्याउनै सकस छ।
नेपाल विद्युत् प्राधिकरणले साउनदेखि कात्तिकसम्ममा साढे १२ अर्ब रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको जनाएको छ।
कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ। सो बैंकको १३ करोड १० लाख ७६ हजार १०५ रुपैयाँ बराबरको कारोबार भयो।